भारतीय गायिका लता मंगेस्करको निधन | Khabarhub Khabarhub

भारतीय गायिका लता मंगेस्करको निधन


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुप्रसिद्ध भारतीय गायिका लता मंगेस्करको निधन भएको छ।

९२ वर्षीया मंगेस्करको आज (आइतबार) बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

२९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई पछिल्ला केहि दिनदेखि आइसियूमा राखेर उपचार गरिएको थियो ।

३० हजारभन्दा बढी गीत गाएकी छन्। उनले नेपाली गीतमा पनि स्वर भरेकी छन्। लताले नेपाली गीत ‘फूल भन्छ फूलिरहुँ..’ गीत गाएकी छन्। रामकृष्ण ढकालसँग उनले यो गीत गाएपछि लता नेपालमा समेच चर्चित थिइन् ।

उनी भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित भएकी थिइन्।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : २९ बजे

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका

एमालेको विधान महाधिवेशनले पारित गर्‍यो २८ बुँदे प्रस्ताव

काठमाडौँ- नेकपा एमालेको भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा

रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार

किभ – युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति

एमालेले चीन र भारतलाई भन्यो : लिपुलेक नेपाली भूमि हो, व्यापारिक नाकाको सहमतिबाट पछि हट्नू

ललितपुर- नेकपा एमालेले नेपाली भूमि लिपुलेकमा भारत र चीनले व्यापारीक