हुम्लामा हिमपातले खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध | Khabarhub Khabarhub

हुम्लामा हिमपातले खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।

एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झन्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानीमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ ।

दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रूपमा उडान भर्दै आएको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको हो ।

हवाई सेवा उडान नभर्दा विभिन्न सामग्रीको अभाव हुने देखिएको छ । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुलाई समेत समस्या बनाएको छ । हिमपातले हवाई सञ्चालनमा आउन नसकेपछि बजार व्यवसायीको दैनिक उपभोग्य सामानको अभाव भएको छ । नेपालगञ्ज र सुर्खेतबाट दैनिक आउने गरेको  तरकारी, र मासु हवाई सेवा अवरुद्ध हुँदा ठप्प भएको छ ।

सदरमुकाम सिमकोटदेखि करिब ११ किलोमिटर गाडी सञ्चालन हुने खार्पु सडकखण्डसमेत अवरुद्ध बनेको छ । बाक्लो हिउँ जम्दा छोटो दूरीका गाडी सञ्चालनमा आउन नसकेका हुन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा चार फिटभन्दा बढी हिमपात भएको छ । नाम्खा गाउँपालिको जिल्लाको उच्च पालिकामा पर्ने भएकाले यहाँ जिल्लाको सबैभन्दा बढी हिमपात हुने गर्दछ । यस क्षेत्रमा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्नलाई समेत कठिनाइ भएको छ । हिल्सा, न्यालु, यारी लगायतका क्षेत्रको आवतजावत बन्द भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ४५ बजे

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका

एमालेको विधान महाधिवेशनले पारित गर्‍यो २८ बुँदे प्रस्ताव

काठमाडौँ- नेकपा एमालेको भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा

रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार

किभ – युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति

एमालेले चीन र भारतलाई भन्यो : लिपुलेक नेपाली भूमि हो, व्यापारिक नाकाको सहमतिबाट पछि हट्नू

ललितपुर- नेकपा एमालेले नेपाली भूमि लिपुलेकमा भारत र चीनले व्यापारीक