क्यानडामा देशव्यापी बन्दै खोपविरोधी प्रदर्शन « Khabarhub

क्यानडामा देशव्यापी बन्दै खोपविरोधी प्रदर्शन


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा– क्यानडामा राजधानी ओटावा सहरबाट सुरु भएको कोभिड खोपविरोधी प्रदर्शन विस्तारै देशका विभिन्न सहरहरुमा फैलिएको छ । विरोध प्रदर्शन क्यानडाको सबैभन्दा ठूलो सहर टोरोन्टो, क्युबेक, विनिपेग, फ्रेडरिक्टनसम्म फैलिएको हो । शनिबारको प्रदर्शनमा राजधानी ओटावामा झन्डै पाँच हजार प्रदर्शनकारीको सहभागीता थियो ।

‘एउटा ठूलो कैदमा बस्नुपर्ने दबाबपूर्ण आदेशका कारण हामी सबै बिरामी र थकित छौ’, रोर्बट नाम गरेका एक प्रदर्शनकारीले भने ।

‘उनीहरु खोप भन्ने गरेको विष हाम्रो नशामा नराखी हामी सामान्य अवस्थामा फर्किन चाहन्छौ,’ उनले भने । क्यानडाबाट अमेरिका प्रवेश गर्ने सीमामा सरकारले ल्याएको अनिवार्य खोपको प्रावधानविरुद्ध एक साताअघि ट्रक चालकहरुले ट्रक तेर्साएर विरोध गरेका थिए ।

सो प्रदर्शन सार्वजनिक स्वास्थ्य मापदन्ड र प्रधानमन्त्री जस्ट्रिन टु«डोको सरकारविरुद्ध ‘जमघट विन्दु’ को रुपमा रुपान्तरण भएको छ । कोभिडसम्बन्धी अधिकांश मापदन्ड प्रान्तीय सरकारले कार्यान्वयनमा ल्याएको हो ।

लगातार आठौं दिन प्रदर्शनकारीले ओटावाको मुख्य बजार बन्द गरेका छन् । सुसंगठित अवरोधलाई अमेरिकाका सहानुभूतिकर्ताहरुले सहयोग गरेको क्यानडा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ३ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले