बालुवाटार बैठक निष्कर्षविहीन « Khabarhub

बालुवाटार बैठक निष्कर्षविहीन


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको बैठक निष्कर्षविहीन भएको छ ।

बालुवाटारमा आज करिब दुई घण्टा चलेको बैठकमा नेकपा एमालेले एमसीसीबारे सत्तापक्षमै स्पष्टता जरुरी रहेको बताएको छ । सत्तापक्षभित्रै एमसीसीबारे समान धारणा नरहेको एमालेको भनाइ छ । बैठकमा एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग सहयोग मागेका थिए ।

त्यसको प्रतिउत्तरमा ओलीले यस्तो जवाफ दिएका हुन् । त्यस्तै, नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने माग पनि गरेको छ । आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान आफूहरूको रहेको अध्यक्ष ओलीले स्पष्ट पारेका थिए ।

स्थानीय चुनाव समयमै हुनुपर्ने कुरा पनि अध्यक्ष ओलीले देउवासमक्ष राखेका थिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ४५ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६