एमसीसीलाई चुनावपछि टुंग्याऔँः प्रचण्ड « Khabarhub

एमसीसीलाई चुनावपछि टुंग्याऔँः प्रचण्ड


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका छन् ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीसँगको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावपछि टुंग्याउने प्रस्ताव अघि सारेका हुन् ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार चुनाव नजिकिएकोले एमसीसीलाई त्यसपछि टुंग्याउँदा ठिक हुने प्रचण्डको भनाइ थियो । तीत दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अघि बढाउन र त्यसमा सहयोग गर्न एमालेको सहयोग माग गरेका थिए ।

तर, प्रचण्डले भने आगामी वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसीसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेको पोखरेलले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनबाट समान दृष्टिकोण आउनुपर्ने बताएका थिए । सत्ता गठबन्धनबीच पनि फरक–फरक धारणा आउनु उपयुक्त नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : २० बजे

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका