स्वर कोकिला लताको मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि | Khabarhub Khabarhub

स्वर कोकिला लताको मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्वर कोकिला उपनामले चिनिने सुप्रसिद्ध गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आइतबार साँझ मुम्बईको शिवाजी पार्कमा गायिका लताको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको हो । लताको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कोरोना संक्रमण तथा निमोनिया भएपछि उनको उपचार भइरहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विभिन्न प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, विभिन्न दलका नेताहरू, बलिउडका कलाकार, गायक, गायिका, संगीतकारलगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

गायिका लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ तारिखमा मध्यप्रदेशको इंदौरमा भएको थियो । लता मंगेशकरलाई सबैभन्दा बढी गीत रिकर्ड गराउने गौरव पनि प्राप्त छ । उनले हिन्दीसहित अन्य थुप्रै भारतीय भाषामा गीत गाएकी छन् । केही नेपाली भाषाका गीत पनि लताले गाएकी छन् ।

उनलाई भारतीय सरकारको सबैभन्दा ठूलो अवार्ड भारत रत्नबाट सम्मान गरिएको थियो । त्यस्तै, भारत सरकारले दुई पटक पदमश्री, दादा साहेब फाल्के पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको थियो ।

तीन पटक भारतीय राष्ट्रिय अवार्ड, ६ पटक फिल्मफेयर अवार्ड, चार पटक महाराष्ट्र प्रदेश फिल्म अवार्डसमेत उनले पाएकी थिइन् ।

लताको निधनको शोकमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । सबै सरकारी, कूटनीतिक तथा महत्वपूर्ण कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउन भनिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : १६ बजे

मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा

सहकारी ठगी प्रकरण : माइतीघरमा नेविसंघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको नीतिगत

नयाँ बजेटमा यस्ता छन्‌ निर्माण व्यवसायीका माग र सुझाव (भिडियो)

काठमाडौं – सरकारले जेठ १५ गते ल्याउन लागेको बजेटमा निर्माण

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको