स्वर कोकिला लताको मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि « Khabarhub

स्वर कोकिला लताको मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्वर कोकिला उपनामले चिनिने सुप्रसिद्ध गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आइतबार साँझ मुम्बईको शिवाजी पार्कमा गायिका लताको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको हो । लताको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कोरोना संक्रमण तथा निमोनिया भएपछि उनको उपचार भइरहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विभिन्न प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, विभिन्न दलका नेताहरू, बलिउडका कलाकार, गायक, गायिका, संगीतकारलगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

गायिका लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ तारिखमा मध्यप्रदेशको इंदौरमा भएको थियो । लता मंगेशकरलाई सबैभन्दा बढी गीत रिकर्ड गराउने गौरव पनि प्राप्त छ । उनले हिन्दीसहित अन्य थुप्रै भारतीय भाषामा गीत गाएकी छन् । केही नेपाली भाषाका गीत पनि लताले गाएकी छन् ।

उनलाई भारतीय सरकारको सबैभन्दा ठूलो अवार्ड भारत रत्नबाट सम्मान गरिएको थियो । त्यस्तै, भारत सरकारले दुई पटक पदमश्री, दादा साहेब फाल्के पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड दिएको थियो ।

तीन पटक भारतीय राष्ट्रिय अवार्ड, ६ पटक फिल्मफेयर अवार्ड, चार पटक महाराष्ट्र प्रदेश फिल्म अवार्डसमेत उनले पाएकी थिइन् ।

लताको निधनको शोकमा भारत सरकारले दुई दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । सबै सरकारी, कूटनीतिक तथा महत्वपूर्ण कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउन भनिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : १६ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित