बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चिया « Khabarhub

बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चिया


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चियाको प्रवर्द्धन गरिएको छ ।

त्यहाँको चिल्ड्रेन एन्ड मदर वेलफेयर सोसाइटीको संयोजकत्वमा सञ्चालित इन्टरनेसनल एम्बेसी बजारमा नेपाली उत्पादनहरू (विभिन्न हस्तकला सामाग्री, चिया, पस्मिना सल आदी) को प्रवर्द्धन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा विशेष अतिथी शाइखा लुलवा विन्त खलिफा अई खलिफाले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गर्नुका साथै पस्मिना सल तथा हस्तकलाका सामाग्री खरिद गरेकी थिइन् ।

दूतावासका अनुसार अन्य आगन्तुकहरूले समेत नेपाली उत्पादनको प्रशंसा गर्दै हस्तकला सामाग्री, पस्मिना सल तथा चिया खरिद गरेका थिए।

विगत लामो समयदेखि वार्षिक रूपमा सञ्चालित उक्त कार्यक्रममा त्यहाँस्थित अन्य मुलुकका दूतावासहरूले सहभागिता जनाउँदै आएको भए पनि नेपाली दूतावासले यस वर्ष पहिलो पटक सहभागिता जनाएको हो ।

प्रदर्शनीमा कार्यवाहक राजदूत अरुणा घिसिङ्ग, श्रम सहचारी सुनिता लाकान्द्री, स्थानीय कर्मचारीहरु तथा त्यहाँ रहेका नेपाली व्यवसायी बसन्त बिष्टको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रम आगन्तुकहरु माझ नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी पम्प्लेट समेत वितरण गरिएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ४७ बजे

दरवाङमा सडक कालोपत्र गर्न थालियो

दरवाङ– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्