रियल मड्रिडलाई च्याम्पियन्स लिगमा हराएका फुटबल म्यानेजर सेनामा भर्ती हुन युक्रेन फर्किए « Khabarhub

रियल मड्रिडलाई च्याम्पियन्स लिगमा हराएका फुटबल म्यानेजर सेनामा भर्ती हुन युक्रेन फर्किए


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल रुसले पश्चिमी छिमेकी मुलुक युक्रेनमा व्यापक आक्रमण गरिरहेको छ । आक्रमणका क्रममा हजारौँको ज्यान गइसकेको अनुमान छ भने अरु लाखौं मानिसहरु विस्थापित भई देश छाडिरहेका छन् ।

केही युक्रेनीहरु भने विदेशी आक्रमणविरुद्ध देशलाई जोगाउन हतियार समेत बोक्न बाध्य भइरहेका छन् । मुलुक रक्षाका लागि युक्रेनका आम युक्रेनीदेखि राजनीतिज्ञ र सेलिब्रेटीहरु समेत लागि परिरहेका छन् ।

युक्रेनी फुटबलका एक जना चर्चित म्यानेजर पनि हालै फुटबलको काम छाडेर आफ्नो देशको रक्षार्थ हतियार उठाउन बाध्य भएका छन् । छिमेकी देश मोल्दोभाको शेरिफ टिरास्पोल फुटबल क्लबमा म्यानेजरको काम गर्दै आएका ५६ वर्षे युक्रेनी नागरिक युरी भेर्निडबले तत्कालका लागि फुटबलका सबै काम छाडेर युक्रेनी फौजमा सामेल हुन स्वदेश फर्केका हुन् ।

यही सिजन युरोपेली फुटबलको शीर्ष च्याम्पियन्स लिगमा १३ पटकको विजेता स्पेनी रियल मड्रिडलाई उसकै घर सान्टियागो बेर्नाबेउमा पराजित गरेर चर्चामा आएका उनी अहिले भने मातृभूमिको रक्षा गर्न हतियार बोक्न बाध्य भएको फुटबलको समाचार लेख्ने गोल डट कमले जनाएको छ ।

‘मलाई हतियार चलाउन कुनै समस्या छैन ।’ बीबीसीलाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘मलाई बिहान साढे चार बजे छोरोले फोन गर्यो र रुसीहरुले आक्रमण गरेको बारे सुनायो । मलाई थाहा थियो, युद्धमा लड्न मैले युक्रेन फर्किनुपर्छ ।’

‘म ढाट्न चाहन्न, जब म घर फर्किरहेको थिएँ, मैले धेरै बलिया मानिसहरुले देश छाडिरहेको देखेँ । यदी तिनीहरु फर्किएमा म खुशी हुनेथिएँ । उनीहरु रोमानिया, मोल्दोभा र अरु देशहरुमा आफ्ना परिवारसहित किन गइरहेका छन् भन्ने म बुझ्न सक्छु ।’ उनले भने, ‘हाम्रै ठाउँमा पनि धेरै मानिसहरुले घर छाडिरहेका छन् । खार्कोभ, जापोरोजे, लुगान्स्क, डोनेत्स्कका मानिसहरु… तर म उनीहरुले जस्तो गर्न सक्दिन । मैले आफैलाई भनेको छु, जब म घर पुग्छु, सेनामा भर्ती हुन पुगिहाल्छु ।’

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १२ : ५९ बजे

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

पर्यटकलाई आकर्षित गर्दै नागबेली सडक : घुम्तीको चर्चा जताततै

भोजपुर – भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १७ गते मंगलबार चैत

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई