न्यादीको विद्युत् परिक्षणपछि पनि राष्ट्रिय प्रणालीमा जोडिएन | Khabarhub Khabarhub

न्यादीको विद्युत् परिक्षणपछि पनि राष्ट्रिय प्रणालीमा जोडिएन


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मर्स्याङ्दी ‘ए’ ले असहयोग गरेपछि लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको विद्युत खेर गएको छ । आयोजनाको विद्युत् प्रवाहका लागि असहयोग गरेका कारण उपकरण तथा संरचनाको परीक्षणपछि पनि विद्युत् उत्पादन सुरु हुन नसकेको हो ।

सिनो हाइड्रो सगरमाथाले अनुमति नदिएकाले आयोजनाको विद्युत खेर गएको प्रवर्द्धक न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । उनले भने, ‘उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएपछि एक महिनादेखि आयोजनाको विद्युत् खेर गइरहेको छ ।’

माथिल्लो मर्स्याङ्दी ‘ए’ को चिनियाँ कम्पनी सिनो हाइड्रोले सहमति नदिँदा लाइन जडान हुन नसकी बिजुली खेर गएको हो । आयोजनाको बिजुली २२० केभी मर्स्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता छ । प्राधिकरणसँग सम्झौता गरिए पनि प्रसारण लाइन निर्माणमा ढिलाई हुँदा वैकल्पिक विद्युत् जडानस्थल खोज्नुपरेको हो ।

नेपाल विद्युत् प्राधिकरणले न्यादीको विद्युत् जोड्ने अनुमति दिन पत्राचार गरे पनि माथिल्लो मर्स्याङ्दी ‘ए’ को प्रवर्द्धक सिनो हाइड्रो सगरमाथाले मानेको छैन । आयोजनाका सबै उपकरणको परीक्षण भइसकेको न्यादीले खुदी सबस्टेसनको ६ किमि प्रसारण लाइन यसअघि नै बनाइसकेको छ । मर्स्याङ्दी ३ खुदी सबस्टेसनबाट मर्स्याङ्दी ८ लाम्पाटासम्म थप ३ किमि प्रसारण लाइन निर्माण गरिसकेको छ ।

आयोजना सम्पन्न गर्न करिब ६ अर्ब चार करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । भुलभुले–मर्स्याङ्दी लाइनमा सिनो हाइड्रो सगरमाथाको ५० मेगावाट विद्युत प्रवाह भइरहेको छ । कोरोना संक्रमणका कारण लकडाउनका कारण आयोजनाको व्यवसायिक उत्पादन मिति सर्दै गएकोमा पछिल्लो समय जनवरी अन्तिमबाट उत्पादन थालिने तालिका थियो । आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरिरहेको छ ।

बुटवल पावर कम्पनी (बीपीसी)को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भइरहेको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी छ ।

चैत २०७३ बाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाँइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार ८४० मिटर सुरुङबाट पानी ल्याएर ठूलीबेंसीबाट ताराचोक जाने बाटो ङादी नदी तिरमा बनाइएको विद्युत गृहबाट विद्युत् उत्पादन गरिनेछ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १ सय ६८ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुख्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १ : ५९ बजे

श्रीमती हत्याको आरोपमा पक्राउ

रौतहट– रौतहटमा आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले 

कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दा जे देखियो (तस्बिरहरू)

काठमाडौं- कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन चर्काउन थालेका

तेस्रो पटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र बनारसमा मोदी

काठमाडौं– तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन

५०० हेक्टरभन्दा बढी क्षमताका सिँचाइ आयोजना संघीय सरकारले बनाउने

काठमाडौं– पहाडी भेगमा ५०० हेक्टरभन्दा बढी सिँचाइ क्षेत्रफलमा सिँचाइ क्षमता

एमालेको स्पष्टीकरण : पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको छैन, उहाँ हाम्रो अभिभावक

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको