अञ्जलीसँग युवराजको ‘छुटेपछि त छुट्यो छुट्यो‘ (भिडियो) « Khabarhub

अञ्जलीसँग युवराजको ‘छुटेपछि त छुट्यो छुट्यो‘ (भिडियो)


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायक युवराज चौलागाईं तथा गायिका अनुष्का पाठकको स्वरको युगल गीत ‘छुटेपछि छुट्यो छुट्यो‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक चौलागाईंद्वारा संगीतबद्ध आधुनिक शैलीको गीतमा शब्द दीपिका रिमाल थापाले रचना गरेकी हुन् । उदयराज पौडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतमा महाराज थापाको मिक्सिङ तथा माष्टरिङ छ ।

सार्वजनिक गीतको म्युजिक भिडियोलाई भूषण दाहालले निर्देशन गरेका हुन् । भिडियोमा गायक चौलागाईं आफैँले अभिनय गरेका छ्न् ।

अभिनयमा उनलाई अभिनेत्री अञ्जली अधिकारीले साथ दिएकी छिन् । साथै , दीपक विष्टले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् । कुमार कटवालद्वारा छायांकन गरिएको भिडियोलाई पदम तिमिल्सिनाले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ०१ बजे

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम