भक्तपुरमा बर्डफ्लू भेटियो « Khabarhub

भक्तपुरमा बर्डफ्लू भेटियो


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो ।

बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् ।

ती पोल्ट्री फार्मका कुखुरामा केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले बर्डफ्लू भेटिएको पुष्टि गरेको हो । प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखापरेको हो ।

जिल्लामा बर्डफ्लू भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्डफ्लू भेटिएका फार्मका पक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ ।

समितिले सूर्यविनायक–१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्याङ्की जाने बाटोको चार किलाभित्रको पक्षी तथा पक्षीजन्य वस्तुहरु दाना, सुली, अण्डालगायत वस्तुहरु नष्ट गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।

समितिले भक्तपुरलगायत काठमाडौँ उपत्यका भित्रिने नाकाका साथै स्थानीयस्तरमा पनि पशु सेवा विज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहको सहकार्य र समन्वयमा पक्षी, पक्षीजन्य वस्तुहरू ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको सहायक प्रजिअ शर्माले बताए।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : १९ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका