शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको गिरावट « Khabarhub

शेयर कारोबार मापक नेप्सेमा झिनो अङ्कको गिरावट


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा ३.६६ अङ्कले ओरालो लागेर दुई हजार ५४३.३९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटि परिसूचक १.३० अङ्कले बढेर ४९०.१३ मा पुगेको छ । कूल २३० कम्पनीको ५१ लाख ३९ हजार २३९ कित्ता शेयर रु दुई अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने नो उपसमूहको भने ओरालो लागेको छ । बैंकिङ ३.२७, होटल तथा पर्यटन १.५२, विकास बैंक ५३.३१ र अन्य ८.२१ अङ्कले उकालो लाग्यो । व्यापार १२.४, जलविद्युत् २१.९७, वित्त १३.६, निर्जीवन बीमा १८.१४, उत्पादन १२७, लघुवित्त ३.१६, जीवन बीमा १६३.१७, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.१६ अङ्कले ०.१६ अङ्कले ओरालो लागेको छ ।

आइतबारको कारोबार पछि बजार पूँजीकरण रु ३६ खर्ब चार अर्ब दुई करोड ३० लाख ३५ हजार १८२ बराबरमा सिमित भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड २२ लाख ८२ हजार बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड २७ लाख ५४ हजार ६०१, अपि पावरक कम्पनी रु ११ करोड १७ लाख १५ हजार ८१६, हिमालयन डिस्टिलरी रु आठ करोड ३६ लाख तीन हजार १८७ र नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ३१ लाख ९३ हजार ७२२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत् कम्पनी ७.८०, सामलिङ पावर कम्पनी ४.४८, नेपाल ल्यूब आयल ३.९९, न्यादी हाइड्रोपावर २.७४ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले २.७० प्रतिशतले कमाएका छन् । यस्तै, शिवम् सिमेन्ट ७.११, रिलायन्स लाइफ इन्स्योरेन्स ५.७७, प्रुडेन्सियल इन्स्योरेन्स ४.०५, युनिभर्सल पावर कम्पनी ३.८१ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ३.४४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : २१ बजे

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि

घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित