युक्रेन आक्रमण पुटिनलाई महँगो पर्दै [भिडियो रिपोर्ट] « Khabarhub

युक्रेन आक्रमण पुटिनलाई महँगो पर्दै [भिडियो रिपोर्ट]



काठमाडौँ- युक्रेनमाथि सैन्य हमला एघारौं दिनसम्म पुग्दा रुसका लागि निकै महँगो पर्न गएको देखिएको छ। आफ्नो देश जोगाउँन युक्रेनी सैनिकहरूको सशक्त प्रतिरोधले रुसी सेनातर्फ अत्याधिक क्षति भइरहेको हो। युक्रेनी सैनिकले सार्वजनिक गरेको भिडियोमा रुसी सैनिकको एमआई २४ हिन्द हेलिकोप्टर युक्रेनी आक्रमणबाट खसालिएको देखिएको छ ।

https://www.facebook.com/watch/?extid=NS-UNK-UNK-UNK-UNK_GK0T-GK1C&v=304048505155789

युक्रेनको राजधानी किभ कब्जा गर्न आएका रुसी सेनाको स्थल बललाई सहयोग गर्न आएको हेलिकोप्टर युक्रेनी सैनिकले खसाएको दृष्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोसंगै भिडियोमा देखिएका युक्रेनी सैनिकले रुसी हेलिकोप्टर खसालेको भनी समाजिक सञ्जालमा उनको बहादुरीको प्रशंसा भइरहेको छ। युक्रेनमाथि अतिक्रमण गर्न आएका आक्रमणकारी रुसी सेनाले युक्रेनी सैनिकको तर्फबाट बेहोरिरहेको क्षतिले उनीहरु युद्धमा हवाई श्रेष्ठता हासिल गर्न असफल भएको प्रमाण मानिएको छ।

युक्रेनी सेनाको आक्रमणमा रुसी सेनाको विमान खसालिएको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। बेलायतबाट प्रकाशित हुने डेली मेलका अनुसार युद्धको दसौं दिन प्रवेश गर्दा एकै दिनमा आठ रूसी विमानहरू खसालिएको जनाएको छ। युक्रेनमा भोगीरहेको क्षतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमै पीडा दिएको छ।

युक्रेनीहरु पुटिनको आक्रमणको डटेर सामना गरिरहेका छन्। रुसी सेनाको कब्जामा लिएका शहरहरूमा समेत युक्रेनी नागरिकहरू बहादुरीका साथ युक्रेनी झन्डासहित प्रदर्शनमा उत्रेका छन्। केही साहसी नागरिकहरू गुडिरहेको रुसी ट्याङ्क र बख्तरबन्द गाडीको कुनै प्रवाह नगरी युक्रेनी झण्डा फहराइरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै सैन्य उत्तेजना बेगर नै युक्रेनमाथि सैन्य आक्रमण गरेको महँगो मूल्यको सामना गरिरहेका छन्। युक्रेन आक्रमणसँगै पुटिन पश्चिमा जगतबाट सम्पूर्ण रुपमा एक्लिएका मात्र छैनन् युद्धमा भइरहेको सैन्य क्षति, कठोर आर्थिक नाकाबन्दीसँगै आन्तरिक विद्रोहको समेत सामना गर्नुपरेको छ। छिटो युद्ध सक्न रुसी सेनाले अन्धाधुन्द आक्रमण जारी राख्दा सर्वसाधारणको हताहति बढेको छ भने युक्रेनमा मानवीय संकट गहिरिएको छ।

पुटिनले तत्कालै कब्जा गर्ने रणनीतिका साथ युक्रेनमा आक्रमण गरेका थिए। युक्रेनी सैनिकको कब्जामा रहेका रुसी सेनाले पुटिनलाई युद्ध रोक्न माग गरेका छन् भने रुस भित्रै युद्ध रोक्न माग गर्दै प्रदर्शन चर्कदै जाँदा पुटिन शासनको भविष्यमाथि नै प्रश्नहरू उठेन थालेको छ।धेरै शक्तिशाली मानिएका रुसी सेनाहरु युक्रेनी सशक्त प्रतिरोध र बहादुरीपूर्ण प्रतिरोधका कारण निकै हतोत्साहीत देखीएकाले भौतिक संरचनाहरु र सर्वसाधरणमाथी आक्रमण बढाइरहेका छन्।

तस्बिर : युक्रेन सैनिकले खसालेका रुसी विमान

रुसी सैनिकहरुले युक्रेनी प्रतिरोधको शक्तिलाई निकै कम आँकेकाले पनि युद्धमा अत्याधिक क्षति बेहोरिरहेका छन्। रुसले ठूलो सङ्ख्यामा सैनिकहरू र उपकरण गुमाउनु परिरहेकाले पनि पुटिनको आक्रोश बढीरहेको छ।

शहरमा घेरा हाल्ने, हवाई आक्रमण गर्ने र सबैको मनोबल गिराउने रुसी रणनीतिले सर्वसाधारणको हताहती बढीरहेको छ। युक्रेनले विदेशी स्वयंसेवकहरूलाई आफ्नो देशको रक्षाका लागि आह्वान गरेसंगै अमेरिका लगायत देशहरुबाट पूर्व सैनिक पृष्ठभूमी भएका, स्वतन्त्रताको रक्षा गर्न चाहने र रुसले युक्रेनी सर्बसाधरणलाई हत्या गरिहेकोप्रति आक्रोशीत बनेको सयौं युवाहरु युक्रेन जान थालेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध युद्ध लड्नका लागि सहयोग पुर्याुउन विदेशी स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय सेना गठन गर्न आह्वान गरेसंगै सयौं युवाहरु युक्रेन आउँने क्रम जारी छ।

त्यस्तै रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा धेरै दिनदेखि बमबारी गरिरहेको छ। भने रणनीतिक महत्त्वको मरिअपल शहरमा समेत बमबारी जारी राखेको छ। रुसले कतिपय शहरमा पानी र बिजुली सेवामा अवरोध गरेको छ भने गैर सैनिक क्षेत्रहरुमा समृेत हमला गरिरहेको छ।

रुसले पूर्व घोषित अस्थायी युद्ध विरामसमेत पालना नगरेको आरोप लागेको छ। राजधानी किभ कब्जा गर्न असफल भएर निराश बनेका रुसी सेनाले उत्तर पश्चिमी भेगमा रहेको नगर इरपिनमा विशाल बमबारी जारी राखेका छन् भने युक्रेनका सबैजसो शहरहरूमा अन्धाधुन्द बमबारी गर्दा सर्वसाधारणको हताहति बढेको छ।

युक्रेनमा मानवीय संकट गहिँरिदै जादा युक्रेनको आकाशलाई “नो फ्लाइ जोन” अर्थात् कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न युक्रेनी राष्ट्रपतिले अमेरिका लगायत यूरोपसंग माग गरिरहेको छन्। रुसी राष्ट्रपति पुटिनले भने पश्चिमलाई त्यस्तो कार्य गरे युद्ध मान्ने चेतावनी दिएका छन्। युक्रेनको स्थित थप बिग्रन नदिन पश्चिमा नेताहरूले युक्रेनमाथि सम्पूर्ण रुपमा संलग्न नभएपनि युक्रेनीले गरिरहेको युद्धमा भने सहयोग बढाउँदै लैजाने जस्तो देखिएको छ।

रुसी आक्रमणका कारण युक्रेनका छिमेकीहरूमा त्रास छाएको छ। फिनल्यान्ड लगायत यूरोपेली देशहरु आफ्नो देशको सुरक्षाका लागि अब उत्तर एटलाण्टीक सन्धि संगठन ९नेटो० को सदस्य बन्ने तयारीमा छन्। रुसी हमलाको बिरोधमा र युक्रेनको समर्थनमा संसारका धेरै देशहरुमा प्रर्दशनी भइरहेको छ। हमलापछि देशभित्रै र बाहिर पनि पुटिनलाई एक सन्काहा तानाशाहको रुपमा लिन थालीएको छ।

अमेरिकी संसदहरुसंगको भर्चअल छलफलमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस बिरुद्ध सहायता मागेसंगै अमेरिकालाई सैन्य सहायता बढाउँन दबाब बढेको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकन पोल्याण्ड र युक्रेनको सीमानामै पुगी युक्रेनी परराष्ट्रमन्त्री दिमित्रो कुलेबासंग भेटवार्ता गरेका छन्।

युक्रेनमाथि सैन्य आक्रमण गरेसंगै कडा आर्थिक प्रतिबन्धको सामना गरिरहेको रुस आर्थिक रुपमा जर्जर अबस्थामा पुग्ने र युद्ध नै जितेपनि त्यसपछिको छापामार युद्ध सामना गर्दा निकै महँगो मूल्य पर्ने विश्लेषकहरुको भनाई छ। पश्चिमा देशहरुले रुसी अनुमान बिपरीतको एकता र रुसमाथीको कठोर प्रतिबन्धको घोषणा गरेसंगै पुटिन चिढिएका छन्।

युक्रेनमाथि आक्रमणको घोषणासंगै निरन्तर धम्कीमा उत्रीरहेको रुसी राष्ट्रपति पुटिनको नेतृत्वप्रति नै प्रश्न उठ्न थाली रहेकाले उनी युक्रेनमाथि आक्रमण बढाउँदै लैजाने र ठूलो मानवीय र भौतिक क्षति हुने विज्ञहरुको अनुमान छ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : २४ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट