आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग « Khabarhub

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँ उद्योग वाणिज्य सङ्घले व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा आज बिहान भएको आगलागीबाट पीडित भएकालाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ ।

भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी भई ठूलो क्षति हुनुका साथै आसपास रहेका व्यवसायी तथा वरपरका स्थानीयवासीको घरमा क्षति भएकाले पीडितलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको हो ।

सङ्घको आज बसेको आकस्मिक बैठकले तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति एवं भूपाल हार्डवेयरसका सञ्चालक भूपाल आले र तनहुँ उद्योग वाणिज्य सङ्घका सदस्य एवं ज्योति जनरल सप्लायर्सका सञ्चालक रमेशमकुमार श्रेष्ठलगायत पीडित सम्पूर्ण व्यवसायीप्रति सहानुभूति प्रकट गरेको छ ।

भीषण आगलागीलाई नियन्त्रणमा लिन सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै विषम क्षतिको मूल्याङ्कन गरी शीघ्र क्षतिपूर्तिका लागि सरकारलगायत सम्बन्धित निकायसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले आज विज्ञप्ति जारी गरी विपद्को घटनाबाट थप क्षति हुन नदिन आआफ्नो क्षेत्रबाट सहयोग पुर्‍याएकोमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तहलगायत सबैमा आभार व्यक्त गरेका  छन् ।

यसैगरी व्यास नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । नगरपालिकाले आगलागी मौसमलाई समेत ख्याल गरी प्रज्वलनशील पदार्थलाई आवास क्षेत्रबाट अलग राख्न सम्बन्धित सबैमा अनुरोध गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ५० बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा