काठमाडौँ- वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँझ उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई थप उपचारका लागि बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो ।
उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए। उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए ।
यसैबीच, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय बर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रतिक्रिया