अनलाइन टिभी सञ्चालन गर्न इजाजत लिनुपर्ने, पाँच लाख शुल्क निर्धारण « Khabarhub

अनलाइन टिभी सञ्चालन गर्न इजाजत लिनुपर्ने, पाँच लाख शुल्क निर्धारण


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अनलाइन टिभी सञ्चालनका लागि पाँच लाख रुपैयाँ दस्तुर तिरेर इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटमार्फत् सञ्चालन हुने अनलाइन टिभीको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्रिय प्रसारण नियमावलीमा एघारौँ संशोधन गर्दै मन्त्रालयले यो व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) सञ्चालन इजाजतपत्रका लागि ५ लाख शुल्क तिर्नुपर्ने छ ।

यसअघि अनलाइन च्यानलका लागि अनुमति लिनुपर्ने व्यवस्था थिएन ।

‘इन्टरनेटको माध्यमबाट प्रसारण गर्ने गरी इजाजतपत्र प्राप्त गरेको अनलाइन टेलिभिजनले अन्य वितरण प्रणालीको माध्यमबाट माध्यमबाट टेलिभिजन कार्यक्रम प्रशारण गर्नुअघि यस नियमावलीबमोजिम अनुमति लिनुपर्ने’ संशोधनमा भनिएको छ ।

पछिल्लो समय अनलाइन टिभी तथा युट्युब च्यानलमा प्रशारित सामाग्रीप्रति जनगुनासो बढेपछि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो ।

नियमावली २०७८ ले पहिलोपटक अनलाइन टिभी तथा युट्युब च्यानलहरूलाई नियमनको दायरामा ल्याएको हो ।

संशोधित नियमावलीको नियम २ को उपनियम २ (६) ले ‘अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) भन्नाले इन्टरनेटमार्फत् आफैँले उत्पादन गरी नियमित रूपमा श्रव्यदृष्य कार्यक्रम प्रशारण गर्ने कार्य सम्झिनुपर्छ’ भनेर परिभाषित गरेको छ ।

यो परिभाषाले अनलाइन टिभीका साथै युट्युब च्यानलहरूलाई पनि समेटेको छ ।

नियमावलीले सामग्री प्रकाशन गर्दा उपभोक्ताको उमेर अनुसार तीन भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ४८ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको