अनलाइन टिभी सञ्चालन गर्न इजाजत लिनुपर्ने, पाँच लाख शुल्क निर्धारण « Khabarhub

अनलाइन टिभी सञ्चालन गर्न इजाजत लिनुपर्ने, पाँच लाख शुल्क निर्धारण


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अनलाइन टिभी सञ्चालनका लागि पाँच लाख रुपैयाँ दस्तुर तिरेर इजाजत लिनुपर्ने व्यवस्था गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेटमार्फत् सञ्चालन हुने अनलाइन टिभीको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्रिय प्रसारण नियमावलीमा एघारौँ संशोधन गर्दै मन्त्रालयले यो व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) सञ्चालन इजाजतपत्रका लागि ५ लाख शुल्क तिर्नुपर्ने छ ।

यसअघि अनलाइन च्यानलका लागि अनुमति लिनुपर्ने व्यवस्था थिएन ।

‘इन्टरनेटको माध्यमबाट प्रसारण गर्ने गरी इजाजतपत्र प्राप्त गरेको अनलाइन टेलिभिजनले अन्य वितरण प्रणालीको माध्यमबाट माध्यमबाट टेलिभिजन कार्यक्रम प्रशारण गर्नुअघि यस नियमावलीबमोजिम अनुमति लिनुपर्ने’ संशोधनमा भनिएको छ ।

पछिल्लो समय अनलाइन टिभी तथा युट्युब च्यानलमा प्रशारित सामाग्रीप्रति जनगुनासो बढेपछि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो ।

नियमावली २०७८ ले पहिलोपटक अनलाइन टिभी तथा युट्युब च्यानलहरूलाई नियमनको दायरामा ल्याएको हो ।

संशोधित नियमावलीको नियम २ को उपनियम २ (६) ले ‘अनलाइन टेलिभिजन (इन्टरनेट टिभी) भन्नाले इन्टरनेटमार्फत् आफैँले उत्पादन गरी नियमित रूपमा श्रव्यदृष्य कार्यक्रम प्रशारण गर्ने कार्य सम्झिनुपर्छ’ भनेर परिभाषित गरेको छ ।

यो परिभाषाले अनलाइन टिभीका साथै युट्युब च्यानलहरूलाई पनि समेटेको छ ।

नियमावलीले सामग्री प्रकाशन गर्दा उपभोक्ताको उमेर अनुसार तीन भागमा वर्गीकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ४८ बजे

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर