लमजुङमा थपिए १७ मतदान केन्द्र « Khabarhub

लमजुङमा थपिए १७ मतदान केन्द्र


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा १७ वटा मतदान केन्द्र थपिएका छन् । निर्वाचन आयोगले जारी गरेको मतदाता एवं मतदानस्थल विवरणअनुसार जिल्लामा साविककै मतदान स्थलमा थप १७ वटा मतदान केन्द्र कायम भएको हो ।

सरकारले आगामी ३० वैशाख स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लाबाट एकसय २३ मतदानस्थल र एक सय ८७ मतदान केन्द्र पनि सिफारिस भएको थियो । मतदाता संख्याको आधारमा केन्द्र कायम हुनेगरी सिफारिस गरिए पनि निर्वाचन आयोगले भने १ सय ८२ मतदान केन्द्र कायम गरी पठाएको निर्वाचन कार्यालय लमजुङकी प्रमुख सिर्जना मिश्रले बताइन् ।

आगामी स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानीय तहमा गरी एकसय २३ मतदान स्थलमा एक सय ८२ मतदान केन्द्र कायम भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा सोही मतदानस्थलमा १ सय ६५ मतदान केन्द्र कायम भएको थियो । सोही वर्ष भएको स्थानीय तह निर्वाचनमा भने १ सय २३ मतदान स्थलमा १ सय ५५ मतदान केन्द्र रहेका थिए ।

जिल्लामा कायम भएका मतदानस्थल र केन्द्रमध्ये सबैभन्दा धेरै बेसीसहरमा छन् । बेसीसहरमा मात्रै २१ मतदान स्थलमा ३५ मतदान केन्द्र कायम भएको छ । त्यसैगरी मर्स्याङदी गाउँपालिकामा भने २० वटा मतदानस्थलमा २४ वटा मतदान केन्द्र कायम भएको पाइएको छ ।

मध्यनेपाल नगरपालिकामा १८ वटा मतदानस्थलमा २६ वटा मतदान केन्द्र कायम भएको छ भने सुन्दरबजार नगरपालिकामा १६ वटा मतदानस्थलमा २९ वटा मतदान केन्द्र कायम भएको छ । त्यसैगरी जिल्लाको राईनास नगरपालिकाम १२ वटा मतदानस्थलमा २० वटा मतदान केन्द्र कायम भएको छ भने दूधपोखरी र क्होलासोँथार गाउँपालिकामा १०/१० वटा मतदानस्थल कायम भएका छन् ।

दूधपोखरीमा मतदान केन्द्र १२ वटा कायम भएको छ भने क्होलासोँथारमा १३ वटा मतदान केन्द्र कायम भएका छन् । दोर्दी गाउँपालिकामा भने १६ वटा मतदानस्थलमा २३ वटा मतदान केन्द्र कायम भएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ५७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु