इन्टेलले पनि रुसमा व्यापार बन्द गर्ने « Khabarhub

इन्टेलले पनि रुसमा व्यापार बन्द गर्ने


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरण निर्माता अमेरिकी कम्पनी इन्टेलले रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधि बन्द गर्ने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता विकसित घटनाक्रमलाई लिएर इन्टेलले यस्तो निर्णय गरेको जनाइएको छ । ‘तत्काल  हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं’ कम्पनीले जनाएको छ।

‘हामी रुसमा रहेका हाम्रा १ हजार २ सय कर्मचारीहरू सहित हाम्रा सबै कर्मचारीहरूलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौं । हामीले हाम्रा विश्वव्यापी सञ्चालनहरूमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं’ कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनमाथि गत फेब्रुअरी २४ मा आक्रमण गरेयता रुसमा एप्पल, सामसुङ, म्याकडोनल्ड्सजस्ता बहुराष्ट्रिय कम्पनीहरुले व्यापार बन्द गरेका छन् भने रुसले अमेरिका, ईयू, जापान सहित विश्वका आर्थिक महाशक्तिहरुबाट प्रतिबन्धको समेत सामना गरिरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ३७ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश