नयाँ टिम लिएर ‘ के घर के डेरा’ घोषणा « Khabarhub

नयाँ टिम लिएर ‘ के घर के डेरा’ घोषणा


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कमेडी तथा सोसल ड्रामा फिल्म ‘के घर के डेरा’ नयाँ टिमसहित घोषणा भएको छ ।

दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहने फिल्मको निर्देशकमा दीपेन्द्र के खनाल भित्रिएका छन् । मंगलबार आयोजित कार्यक्रममा नयाँ टिम परिचय गराइएको हो । निर्देशक खनालले कथावस्तु र नयाँ टिमसहित फिल्मलाई अघि बढाइएको जानकारी दिए ।

फिल्मको छायांकन वैशाख तेस्रो सातादेखि गरिनेछ। निर्देशक खनालले ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका छन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने ।

घर भएका र घर नभएका दुवै वर्गको कथामा फिल्म बन्ने बताइएको छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्म आउँदो वर्ष प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ५८ बजे

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको