केन्द्रको सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा « Khabarhub

केन्द्रको सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – कांग्रेसको केन्द्रीय कमिटीले उम्मेदवार छान्ने प्रक्रिया स्थगित गर्न अर्को सर्कुलर जारी गरेपछि अलमलको स्थिति सिर्जना भएको छ ।

बर्दिबास नगरपालिकाका-६ वडामा कांग्रेसले आफ्ना उम्मेदवार घोषणा गर्‍यो । तर, अर्को सर्कुलर जारी भएपछि अलमल सिर्जना भएको हो ।

आइतबार नै कांग्रेस बर्दिबासले वडा न.३ मा यज्ञ प्रसाद ढुंगेल, वडा न.१ मा भोला खड्का, वडा न.२ मा चोलाराज प्याकुरेल र वडा न.७ का भोरिल यादवलाई उम्मेद्‌वारमा सिफारिस गरेको थियो ।

सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारीअघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो । योसँगै नेपाली कांग्रेसले टुंगो लगाइसकेका उम्मेदवारहरूको विषयमा समेत अलमल सिर्जना भएको छ ।

नगरले उम्मेदवारले टुंगो लगाएको बताए पनि जिल्ला सभापति नागेश्वर यादवले भने यो पूर्ण आधिकारिक नभएको बताए ।

यता, केन्द्रीय कमिटीको निर्णयले तल्लो तहमा समस्या बनिरहेको नेता शंकर फुँयालले बताए ।

तर, कतिपय नेताहरूले भने केन्द्रको निर्देशनमा नै अटेर गर्नु पार्टीको लागि दुर्भाग्य बनेको बताइरहेका छन् । पार्टी गठबन्धनको पक्षमा रहँदारहँदै तल्लो तहमा आफूखुसी निर्णयसमेत भइरहेको बताउँदै युवा नेता शैलेश थापाले सहमतिमा जानुको विकल्प नरहेको बताएकम छन् ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ०९ बजे

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर