ट्विटरका सबैभन्दा ठूला लगानीकर्ता इलन मस्कसँग कति कित्ता शेयर ? « Khabarhub

ट्विटरका सबैभन्दा ठूला लगानीकर्ता इलन मस्कसँग कति कित्ता शेयर ?


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेस्ला कम्पनीका प्रमुख इलन मस्कले सामाजिक सञ्जाल ट्विटरको ९.२ प्रतिशत शेयर खरिद गरेका छन् । बीबीसीले जनाएअनुसार मार्च १४ मा टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कको नाममा ट्विटरका ७ करोड ३४ लाख ८६ हजार ९ सय ३८ कित्ता शेयर छन् ।

यसअनुसार शुक्रबार बजार बन्द हुनुअघि ट्विटरको शेयर मूल्यका आधारमा मस्कको स्वामित्वमा रहेको शेयरको मूल्य २ अर्ब ८९ करोड रहेको जनाइएको छ ।

योसँगै मस्क ट्विटरमा सबैभन्दा धेरै शेयर रहेका लगानीकर्ता भएका छन् । ट्विटरका संस्थापक ज्याक डोर्सीको ट्विटरमा स्वामित्व केबल २.२५ प्रतिशत छ ।

८ करोड फलोअर्स रहेका मस्क ट्विटरमा निकै सक्रिय छन् । उनले बेलाबेला ट्विटरको आलोचना समेत गर्दै आएका छन् । गत महिनाको अन्त्यतिर मस्कले ट्विट गर्दै आफ्ना फलोअर्सलाई ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्त कार्यान्वयन गरेको वा नगरेको भनी सोधेका थिए ।

उनले ‘पोल’ गर्दै लेखेका थिए– ‘वाक् स्वतन्त्रता गतिशील लोकतन्त्रका लागि अत्यावश्यक छ । के तपाईँहरूलाई ट्विटरले यसका सिद्धान्त कडाइका साथ पालना गरेको विश्वास लाग्छ ?’

मस्कको पोलमा अधिकांशले लाग्दैन वा छैन भन्ने जवाफ दिएका थिए । यससँगै मस्कले कुनै नयाँ सामाजिक सञ्जाल खोल्ने वा ट्विटर नै खरिद गर्ने हल्ला थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : २२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु