सिलवालको रिट खारेजपछि राखेपमा फर्किए घिसिङ « Khabarhub

सिलवालको रिट खारेजपछि राखेपमा फर्किए घिसिङ


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले जिम्मेवारी सम्हालेका छन् ।

राखेपको सदस्य सचिवको विवाद समाप्त भएसँगै बुधबार राखेपमा फर्किएका घिसिङले आफ्नो कामकाज सुरु गरेका हुन् । सर्वोच्च अदालतले मंगलबार तत्कालीन राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले आफूलाई बर्खास्त गरेको भन्दै सरकारविरुद्ध दायर गरेको रिट निवेदन सर्वाेच्च अदालतले खारेज गरेपछि सदस्य सचिवको विवाद समाप्त भएको हो ।

No description available.

राखेपमा फर्केपछि घिसिङले चालु आर्थिक वर्षभित्र राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताए । उनले राष्ट्रिय खेलकुदका लागि वैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने उनको भनाइ छ ।

No description available.

त्यस्तै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउन आवश्यक ट्रेनिङको व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसँग छलफल गर्ने पनि बताए ।

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिवको बर्खास्ती र नियुक्ति गरेका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : ३५ बजे

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर