श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्न कसरत जारी « Khabarhub

श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्न कसरत जारी


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियुक्त भएको २४ घण्टा नपुग्दै अर्थमन्त्रीले राजीनामा दिएपछि श्रीलंकामा नयाँ अर्थमन्त्री नियुक्त गर्ने कसरत तीव्र भएको छ । श्रीलंकाबाट प्रकाशित हुने अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार बण्डुला गुणवर्देनालाई नयाँ अर्थमन्त्रीका रुपमा सिफारिस गरिएको छ ।

स्रोतलाई उद्धृत गर्दै उक्त अखबारले जनाएअनुसार उनलाई नयाँ अर्थमन्त्री नियुक्त गर्नेबारे छलफल भइरहेको छ ।

यसअघि अर्थमन्त्रीमा नियुक्त भएको २४ घण्टा नबित्दै अली सबरीले राजीनामा दिएका थिए । राष्ट्रपति गोताबाया राजपाक्षेका भतिज समेत रहेका बासिल राजपाक्षेले अरु २५ मन्त्रीहरुसहित सामूहिक राजीनामा दिएपछि सबरीलाई अर्थमन्त्री नियुक्त गरिएको थियो ।

पछिल्लो समय चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा अर्थमन्त्रीको पद सम्हाल्न धेरै नेताहरुले आनाकानी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : १२ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो