नेपालले पायो थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न अनमुति « Khabarhub

नेपालले पायो थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न अनमुति


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले नेपाललाई ३ सय २५  मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण लगत्तै भारतले ३ सय २५ मेगावाट बिजुली निर्यात गर्न अनुमति दिएको उर्जा मन्त्री पम्फा भुषालले जानकारी दिइन् ।

आज उर्जा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री भुषालले भारतले यसअघि जम्मा ३९ मेगावाट बिजुली निर्यातको अनुमति पाएकोमा प्रधानमन्त्रीको भ्रमण लगतै ३ सय २५ मेगावाट बिजुली निर्यातको स्वीकृति दिएको बताइन्।

अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी बिजुली उत्पादन हुँदै आएको छ । सो बिजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो । 

यसअघि भारतले नेपालबाट यसअघि खरिद गरेको कूल ३९ मेगावाटको समेत निर्यात जोडी समाचार शिर्षकमा थप बनाइएकोमा सच्चाइएको छ– सम्पादक।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : २९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको