वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति « Khabarhub

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खोटाङ – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिवमा आहुति निर्वाचित भएका छन् ।

१७ चैतदेखि १९ चैतसम्म काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिव बनेका हुन् ।

भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको प्रवक्तामा जागृत रायमाझी चुनिएका छन् ।

४० प्रतिशत महिलाको प्रतिनिधित्व रहनेगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी विस्तार गरिएको महासचिव आहुतिले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरुदेखि आहुतिकै नेतृत्वमा चल्दैआएको वैज्ञानिक समाजवादीले औपचारिक रूपमा पार्टीको वैचारिक काम सुरु भएको ३ वर्ष र संगठनात्मक काम सुरु गरेको करिब १५ महिनापछि प्रथम राष्ट्रिय भेला गरेको हो ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले महासचिव आहुति र प्रवक्ता रायमाझी रहेको १५ सदस्यीय केन्द्रीय सचिवालय कमिटी बनाएको छ । सचिवालयमा मदन अर्याल, राजकुमार हिङमाङ, सागर लिम्बु, धनकुमारी सुनार, राजेश्वरी सुवेदी, डिबी सर्वश्रेष्ठ, आशिष लिम्बु, वैद्यनाथ ठाकुर, बुद्धलक्ष्मी महर्जन, विनोद सुनाम, लछुराम बिक, पुष्पकुमार भण्डारी र श्याम कुँवर छन् । यस्तै, सल्लाहकार समितिमा आरपी गुरागाई, डा. अजय यादव, मोहन साशंकर र डा. सञ्जय शाहलाई राखिएको छ ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले प्रदेश १ संयोजकमा आशिष लिम्बु, मधेश प्रदेशमा वैद्यनाथ ठाकुर, बागमती प्रदेशमा बुद्धलक्ष्मी महर्जन, गण्डकी प्रदेशमा विनोद सोनाम, लुम्बिनी प्रदेशमा लछुराम बिक, कर्णाली प्रदेशमा पुष्पकुमार भण्डारी र सुदूरपश्चिम प्रदेश संयोजकमा श्याम कुँवरलाई जिम्मेवारी दिएको छ ।

भेलाले एमसीसी, निर्वाचन, भ्रष्टाचार लगायतका समसामयिक राजनीतिक परिस्थितिका विषयमा ८ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको सचिवालय सदस्य राजकुमार हिङमाङले बताए ।

पार्टीले निर्वाचन बहिस्कारदेखि हरेक स्थानीय तहमा ‘हिसाब खोज’ आन्दोलन अगाडि बढाउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : ११ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले