जम्मु कश्मीरमा पनि ‘माइगभ’ सञ्चालनमा | Khabarhub Khabarhub

जम्मु कश्मीरमा पनि ‘माइगभ’ सञ्चालनमा


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको जम्मु कश्मीर युनियन टेरिटोरीका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले उक्त राज्यमा ‘माइगभ’ इन्टरनेट प्लेटफर्मको सुरुआत गरेका छन् । जनतालाई सुशासनको आभाष गराउनका लागि भन्दै उनले यस्तो प्लाटफर्म सञ्चालनमा ल्याइएको बताए ।

विद्युतीय सामग्री तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसले सामाजिक सञ्जालको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा सार्वजनिक गरेका थिए । आम जनतालाई सरकारको नजिक ल्याउन भन्दै शुरु गरिएको उक्त प्लेटफर्ममा २.२९ करोड प्रयोगकर्ता रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यो प्लेटफर्मको प्रयोगबाट मानिसहरूले सरकारका विभिन्न नीतिगत विषयहरूबारे सल्लाह तथा जानकारी प्रदान गर्ने, विभिन्न सरकारी नीति तथा कार्यक्रममा सहभागी हुने र विभिन्न प्रतियोगितामा समेत सहभागी हुन पाउने जनाइएको छ ।

यसअघि १५ राज्यहरुमा सञ्चालनमा रहेको माइगभ प्लेटफर्म सञ्चालन गर्ने जम्मु कश्मीर प्रथम युनियन टेरिटोरी बनेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ०७ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि