मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम « Khabarhub

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुकुम – वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि रुकुमपूर्वमा तालिम सञ्चालन गरिएको छ ।

जिल्लामा ३५ वटा मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिलम दिइएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । तालिम बिहीबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माविको हलमा सञ्चालन भएको हो ।

तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत लवटले बताए। उनका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा सिकाइएको छ ।

साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको मुख्य निर्वाचन अधिकृत लवटले बताए ।

निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ । तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत लवटसँगै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, भूमे गाउँपालिकाका निर्वाचन अधिकृत विमलप्रसाद बराल, पुथाउत्तरगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद चापागाईँ, जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले गरेका थिए ।

तीनवटा गाउँपालिका रहेको यस जिल्लामा मतदाता सङ्ख्या ३३ हजार ५१८ रहेको छ । जसमा महिला १६ हजार ६२४ र पुरुष मतदाताको सङ्ख्या १६ हजजार ८९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ५४ बजे

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह