मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम « Khabarhub

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुकुम – वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि रुकुमपूर्वमा तालिम सञ्चालन गरिएको छ ।

जिल्लामा ३५ वटा मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिलम दिइएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । तालिम बिहीबार सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माविको हलमा सञ्चालन भएको हो ।

तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका कुरा सिकाइएको छ । उनीहरूलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत लवटले बताए। उनका अनुसार मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा सिकाइएको छ ।

साथै मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको मुख्य निर्वाचन अधिकृत लवटले बताए ।

निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको छ । तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत लवटसँगै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, भूमे गाउँपालिकाका निर्वाचन अधिकृत विमलप्रसाद बराल, पुथाउत्तरगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद चापागाईँ, जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले गरेका थिए ।

तीनवटा गाउँपालिका रहेको यस जिल्लामा मतदाता सङ्ख्या ३३ हजार ५१८ रहेको छ । जसमा महिला १६ हजार ६२४ र पुरुष मतदाताको सङ्ख्या १६ हजजार ८९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : ५४ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते