‘नेरुफ’ का विजेतालाई अवार्ड वितरण « Khabarhub

‘नेरुफ’ का विजेतालाई अवार्ड वितरण


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखा जिल्लाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड वितरण गरिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गत वैशाख ५ देखि ७ गतेसम्म यो महोत्सव आयोजना गरिएको थियो । 

उक्त महोत्सवमा जुरी टिमले विभिन्न ९ विधाका उत्कृष्ट छनोट गरेको थियो । महोत्सवमा उपस्थित हुन नसकेर अवार्ड लिन बाँकी रहेका फिल्मकर्मीहरुलाई बिहीबार राजधानीमा एक कार्यक्रम गरी अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए ।

महोत्सवमा सर्वोकृष्ट अभिनेतातर्फ ‘चिसो आत्मा’ बाट प्रविन खतिवडाले जितेको अवार्ड उनलाई प्रदान गरियो भने सर्वोत्कृष्ट अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’ बाट शारदा अधिकारीले जितेको अवार्ड पनि बिहीबार प्रदान गरिएको छ । त्यस्तै, उत्कृष्ट फिचर फिल्मतर्फ ‘टुल्की’ ले जितेको अवार्ड निर्माता आरपी कर्माचार्यलाई प्रदान गरियो भने ‘स्क्रिन प्ले’ तर्फ ‘टुल्की’ बाटै शेखर लामाले जितेको अवार्ड उनी स्वयंको हातमा प्रदान गरियो । उत्कृष्ट निर्देशकतर्फ ‘टिष्टा पारीको साईनो’ बाट खिलबहादुर गुरुङले जितेको अवार्ड प्रदान गरियो । चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, महोत्सव आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, गायक एवं संगीतकार राज सागर, अभिनेता गजित विष्ट लगायतले अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा पत्रकार अन्जान दाहाल (मनिष), कलाकार प्रेम पाण्डे, अभिनेत्री वर्षा खड्का, निर्माता सुदीप पोखरेल, निर्माता सुनिल पोखरेल, खेलाडी निर्माता तथा समाजसेवी प्रेम कुमार श्रेष्ठ, निर्माता एवं समाजसेवी रामशरण रानालाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै, जुरी टिममा रहेका कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीलाई पनि बिहीबार जुरी प्रमाणपत्र वितरण गरिएको थियो । 

नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्यमा भएको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इन्डष्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डिएआर डिजिटल रहेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : ०८ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न