जोनीमाथि एम्बरले लगाइन् यौन दुर्व्यवहारको आरोप « Khabarhub

जोनीमाथि एम्बरले लगाइन् यौन दुर्व्यवहारको आरोप


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘पाइरेट्स अफ दी क्यारेबियन’ अभिनेता जोनी डेप लाई पुर्वपत्नी एम्बर हर्डले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । यो यौन दुर्व्यवहारको घटनाले हलिउड तरंगित बनेको छ । जोनी डेप र एम्बर हर्डको यो मुद्दाको बुधबार र बिहीबार अदालतमा बयान लिने काम भएको थियो । बिहीबार अदालतमा उपस्थित हुँदै एम्बर हर्डले जोनीले आफूमाथि यौन हिंसा गरेको भन्दै रुँदै बयान दिएकी थिइन् ।

जोनी डेप र एम्बर हर्डको भेट हलिवुड फिल्म ‘द रम डायरी(२०११)’को सेटमा भएको थियो । सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे । तर विवाह भएको १५ महिना पनि नबित्दै, अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित, जोनी डेपसँग सम्बन्ध बिच्छेदका लागी निवेदन दिइन् ।

सन् २०१८मा एम्बर हर्डले, आफू घरेलु हिंसाको शिकार भएको भन्दै वाशिङ्टन पोष्ट पत्रिकामा एउटा लामो लेख लेखेकी थिइन् । त्यस लेखमा कसैको नाम नखुलाइएको भएता पनि अभिनेता जोनी डेपले उक्त लेखले उनको मान हानी भएको र प्रोफेसनल करियरमा पनि असर गरेको भन्दै आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध ५० मिलियन डलर बराबरको मानहानी मुद्दा दर्ता गरे । बदलामा डेपकी एम्बर हर्डले १०० मिलियन डलरको केस दर्ता गरिन् ।

अहिले यस सिभिल केसको सुनुवाइ भैरहेको छ। केसको सुनुवाइमा, अभिनेत्री हर्ड निकै रोइन र अभिनेता डेपले विवाह लगत्तै हत्या गर्ने धम्की दिएको र मदिराको बोतल लिएर यौन दुर्व्यवहार प्रयास गरेको आरोप लगाइन् । विवाह लगत्तै सन् २०१५ मा अष्ट्रेलियामा भएको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म छायांकनको बेला आफू पूर्वपतिलाई भेट्न अष्ट्रेलिया पुगेको र त्यहाँ एक महिना बिताएको समेत हर्डले उल्लेख गरेकी छन् ।

पहिलो साँझ डिनरको बेला डिपसँग भनाभन भएको उनले बताइन् । त्यसक्रममा मदिरा पिएका डेपले आफूलाई रेफ्रिजेरेटरतर्फ धकेलेको र घाँटी थिचेको समेत उनले बताइन् । ५८ वर्षीय अभिनेता डेपविरुद्ध केही सातादेखि लस एन्जलस अदालतमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेको छ । अब अदालतमा मे १६ मा बयानको अर्को शृंखला सुरु हुनेछ । मुद्धाको अन्तिम फैसला भने मे २७ मा हुनेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ०२ बजे

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध अपिहिमालका स्थानीय आन्दोलित

दार्चुला– अपिहिमाल गाउँपालिका–३, ४ र ५ मा निर्माण सम्पन्न भएको १०

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया