अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने « Khabarhub

अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ल्याटिन अमेरिकी मुलुकहरू अर्जेन्टिना, ब्राजिल र भेनेजुएलाले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने भएका छन् ।

रुसी समाचार संस्था तासले जनाएअनुसार रुसको राजधानी मस्कोमा रहेका ती मुलुकका नियोगले रुसमाथि लगाइएका प्रतिबन्धको समर्थन नगर्ने जनाएका हुन् ।

एक भर्चुअल कार्यक्रममा रुसका लागि अर्जेन्टाइन राजदूत एदुआर्दो एन्टोनियो जुइनेले यस्ता प्रतिबन्धहरु अर्थहीन रहेको बताएको तासले जनाएको छ ।

त्यस्तै, रुसका लागि ब्राजिलका राजदूत रोड्रिगो बाइना सोआरेसले पनि खाद्य सुरक्षालाई असर पार्ने भएकाले ब्राजिलले पनि यस्ता प्रतिबन्धको समर्थन गर्न नसक्ने बताए । उनले ब्राजिल ल्याटिन अमेरिकामा रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको समेत बताए ।

त्यस्तै, रुसका लागि भेनेजुएलाका राजदूत कार्लोस रफायल फारिया टोर्टोस्टाले क्युबा र निकारागुवाजस्तै आफ्नो मुलुकपनि प्रतिबन्धबीच बाँचिरहेको भन्दै रुसमाथिको प्रतिबन्धलाई समर्थन गर्न नसकिने बताएको तासले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : १२ बजे

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला