प्रधान सेनापतिद्वारा स्नाइपर प्रतियोगिताको निरीक्षण « Khabarhub

प्रधान सेनापतिद्वारा स्नाइपर प्रतियोगिताको निरीक्षण


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– प्रधान सेनापति प्रभुराम शर्माले आज काभ्रेपलाञ्चोकको रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा सञ्चालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’ को निरीक्षण गरेका छन् ।

सोही क्रममा उनले ३०० र ५०० मिटर रेञ्जमा स्नाइपर हतियारबाट फायरिङ्ग, ‘फक्स होल’ स्नाइपर मचान तथा विशेष फौज बाहिनीअन्तर्गतका युनिटहरूले प्रदर्शन गरेका विशेष अपरेशनसम्बन्धी कारबाहीको अवलोकन गरेका थिए । फायरिङ्ग प्रतियोगितामा उत्कृष्ट हुन सफल सकलदर्जालाई प्रधान सेनापति शर्माले पुरस्कार वितरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापति शर्माले आजै नगरकोटस्थित नेपाली सैनिक वार कलेजको निरीक्षण गरेर उक्त वार कलेजको वस्तुस्थिति, तालिम गतिविधिलगायत विविध पक्षबारे जानकारी लिएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ११ : ५६ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले