सलमान र सलीमलाई ज्यानको धम्की « Khabarhub

सलमान र सलीमलाई ज्यानको धम्की


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की दिएका छन् । यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ ।

समाचारअनुसार सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । यसपछि सलीमले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका थिए । मुम्बई प्रहरीले तुरुन्तै अज्ञात व्यक्तिविरुद्ध मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरेको हो । तर पत्रमा ज्यानको बाहेक अन्य के—के विषयमा धम्की दिइएको छ भन्ने कुरा केही खुल्न सकेको छैन ।

यसअघि नयाँदिल्लीको तिहाड जेलमा रहेका ग्याङस्टार लरेन्स बिश्नोईले सलमानलाई ज्यानको धम्की दिएका थिए । लरेन्स त्यही व्यक्ति हुन्, जसमाथि पञ्जाबी गायक तथा र्‍यापर सिद्धु मुसेवालाको हत्या गरेको आरोप छ ।

सिद्धुको हत्यापछि प्रशासनले सलमानको सुरक्षाको संख्या बढाउको छ । सलमानमाथि राजस्थानका जोधपुरमा कालो हरिण शिकारको आरोप छ । कालो हरिणलाई बिश्नोई समाज निकै पवित्र मान्छन् । त्यहीकारण लरेन्सले सलमानलाई धम्की दिएको बताइएको छ ।

यसअघि अगष्ट २०२० मा हरियाणा प्रहरीले एक राहुल साँगा नामका व्यक्तिलाई पक्राउ गरेको थियो । यो व्यक्ति लरेन्स बिश्नोई ग्याङका सुटर थिए । प्रहरीको अनुसन्धान पछि ती व्यक्तिले आफू लरेन्सको भनाई अनुसार सन् २०२० मा सलमानको घरको रेकी गर्न आएको खुलासा गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १० : ३५ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका