आश्रमको चौथो सिजन पनि आउने  « Khabarhub

आश्रमको चौथो सिजन पनि आउने 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता बबी देओलको अभिनीत आश्रमको तेस्रो सिजन सार्वजनिक भएसँगै पुनः चर्चा बढ्दो छ । सन् १९७७ मा फिल्म ‘धरम वीर’ बाट बाल कलाकारका रुपमा पाइला चालेका बबी केही  समय फिल्मी दुनियाँबाट हराए । सलमान खानसँग रेसको तेस्रो सिरिजमा देखिएपछि चर्चा बटुलेका बबीले सानो पर्दामा आश्रम मार्फत डेब्यु गरेका हुन् । 

सन् २०२० मा रिलिज वेब सिरिज ‘आश्रम’ ले बबीको करियरलाई पुनः ब्युँताइदियो । यो सिरिजमा उनी प्रमुख भूमिकामा देखिँदै आइरहेका छन् । एमएक्स प्लेयरमा रिलिज भएको यो सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यसको पहिलो झैँ दोस्रो संस्करण पनि चर्चामा रह्यो र अहिले तेस्रो संस्करण आएको छ ।

आश्रमको आडमा राजनीतिमा गरिने विभिन्न गतिविधि र अपराधलाई देखाइएको सिरिजलाई प्रकाश झाले निर्देशन गरिरहेका छन् । यो सिरिजमा बबी र इशा गुप्तको अन्तरंग  दृश्यको जति चर्चा भयो सिरिजमा देखिँदै आइएको ट्वीस्टको भने भएन । यद्यपि दर्शक निराश छैन । तेस्रो सिजन रिलिज भएको साता नपुग्दै यसको चौथो सिरिजको घोषणा  भएको छ । जहाँ बबी उही बाबा निरालाको अन्दाजमा प्रस्तुत छन् ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १ : ०५ बजे

मेथीपानीले मधुमेह नियन्त्रणदेखि छाला संरक्षण गर्न मद्दत पुग्छ 

काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा