हाम्रो पात्रोबाट एक महिनामै १० करोड बढिको रेमिट्यान्स भित्रियो « Khabarhub

हाम्रो पात्रोबाट एक महिनामै १० करोड बढिको रेमिट्यान्स भित्रियो


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-

नेपालमा लोकप्रिय एप हाम्रो पात्रोबाट एक महिनामै १० करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ।

एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले सात महिना अघि मात्रै यो सुविधा प्रयोगकर्तामाझ सुचारु गरेको थियो। हाम्रो पात्रोले ६ महिना अघि मात्रै १ करोड को रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा दश करोडको रेमिट्यान्स भित्रिएको छ।

सो अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गरे । ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा सजिलै नेपालमा पैसा पठाउने सुविधा दिनु हो, उनले भने । त्यसै गरि ‘इन्स्ट्यांन्ट ट्रान्सफरू सुविधा चाडै आउने शंकर उप्रेतीले बताए। जस अन्तर्गत पैसा पठाएको केही समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैसा डिपोजिट हुनेछ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटक १००० डलरसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस अघि १० लाख र ५० लाख हुँदै १ करोड डाउनलोड पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। हालै, एपले दैनिक १७ लाख र मासिक १ करोड दश लाख सक्रिय प्रयोगकर्ता भएको कोसेढुङ्गा पार गरेको छ।

हाम्रो पात्रोले गत वर्ष नै प्ले स्टोरमा १ करोड डाउनलोड कोसेढुंगा पार गरेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।

 

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ।

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : ४७ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर