भारतले श्रीलङ्कालाई ६५ हजार मेट्रिक टन युरिया मल दिने « Khabarhub

भारतले श्रीलङ्कालाई ६५ हजार मेट्रिक टन युरिया मल दिने


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले श्रीलङ्कालाई ६५ हजार मेट्रिक टन युरिया मल दिने भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बाग्लायले भारतको तर्फबाट चाँडै नै श्रीलङ्कालाई मल उपलब्ध गराइने जानकारी दिए ।

श्रीलङ्कालाई खाद्य सङ्कट परिरहेका बेला आगामी दिनमा यो सङ्कट थप बढ्न नदिनका लागि मलको आवश्यकता परेकाले भारतले मल दिने भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्कालाई मल सहयोग गर्ने निर्णय गरिसकेको र त्यो कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको उच्च आयुक्त बाग्लायले जानकारी दिए ।

भारतले ‘छिमेकी प्रथम’ नीति अन्तर्गत छिमेकी राष्ट्रहरुलाई संकटका बेलामा खुलेर सहयोग गरेको उनको भनाइ छ । ‘भारतले दिने निर्णय भएको मल श्रीलङ्काले जति सक्दो चाँडो पाउँछ, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ’ उनले भने ।

भारत र श्रीलङ्काका उच्च अधिकारीहरुका बीचमा हालै भएका विभिन्न छलफलमा पनि भारतले श्रीलङ्कालाई खाद्य सुरक्षा, औषधी व्यवस्थालगायतका विषयमा सघाउने प्रतिबद्धता जनाएको थियो ।

चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा आन्तरिक खाद्य उत्पादन समेत अत्यन्त न्युन भएकाले भोकमरी फैलिने खतरा रहेको धेरैले बताउने गरेका छन् । भारतले यसअघि गत शुक्रबार श्रीलङ्कालाई सहयोग स्वरुप ३ दशमलब ३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको थियो ।

आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेको, आयात गर्न नसकेको र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरुलाई अनुरोध गरेको थियो । श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए ।

आर्थिक सङ्कटका कारण श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ । अत्यवश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : ०३ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर