कसलाई मन्त्री बनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम विषय हो – नेता खनाल « Khabarhub

कसलाई मन्त्री बनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम विषय हो – नेता खनाल


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा सांसद झलनाथ खनालले कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका छन् ।  

सोमबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दे सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए हुन् । उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताए। उनले छ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे।

‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो,’ खनालले भने, ‘अरुले गर्ने होइन । प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न नमानेको तर्फ संकेत गर्दै उनले भने, ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो। अरुले गर्ने होइन। हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा (एकीकृत समाजवादी) ले गर्छ’

‘हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौँ । ६ महिनासम्म एउटा टिमलाई दिने । त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो । कमिटीले निर्णय गर्छ,’ उनले भने ।

आज  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेका छन् । 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : ३८ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा