हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट « Khabarhub

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

मन्त्रिपरिषद्ले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिएको भन्दै उक्त निर्णय बदर गर्न माग गर्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् । उनीहरूले आइतबार पनि सार्वजनिक बिदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।

पेट्रोलियम पदार्थ महँगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव गरेको थियो । गत वैशाख २६ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ५ : ५६ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर