३७ लाख रुपैयाँसहित हुण्डीको कारोबार गर्ने पक्राउ « Khabarhub

३७ लाख रुपैयाँसहित हुण्डीको कारोबार गर्ने पक्राउ


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुण्डीको कारोबार गर्ने एकजनालाई स्रोत नखुलेको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।

हुण्डीको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले बारा पचरौता नगरपालिका घर भई हाल काठमाडौं १३ कालिमाटी बस्ने ५४ वर्षीय जय कमल साह कलवारलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई काठमाडौंको कालिमाटीस्थित टंकेश्वरबाट पक्राउ गरेको हो ।

उनको साथबाट स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली रुपैयाँ र १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँ गरी कूल ३७ लाख २ सय २० नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

 

पक्राउ परेका कलवारलाई थप अनुसन्धान एवम कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : २३ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर