एक महिनामा अफगानिस्तानको राजधानी काबुलबाट दुई हजार पक्राउ « Khabarhub

एक महिनामा अफगानिस्तानको राजधानी काबुलबाट दुई हजार पक्राउ


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलमा गत एक महिनामा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई हजार जनालाई पक्राउ गरेको राज्य सञ्चालित बख्तर समाचार संस्थाले जनाएको छ ।

आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकारलाई उद्धृत गर्दै बख्तरले जनाएअनुसार यो अवधिमा अपहरण, चोरी, लागूऔषध तस्करीदेखि कार लुट्ने सम्मका ८५९ मुद्दा दर्ता भएका र करिब दुई हजार जना पक्राउ परेका हुन् ।

अफगानिस्तानमा गत अगस्त १५ मा तालिबान समूहले सत्ता कब्जा गरेको थियो । यस समूहले सरकारविरोधी गतिविधिमा संलग्न विपक्षी समूहका नेता कार्यकर्तालाई यो वा त्यो बहानामा पक्राउ गर्ने र अनावश्यक तनाव दिने गरेको विपक्षी समूहहरुले आरोप लगाउने गरेका छन् ।

अफगानिस्तानमा अस्थिर राजनीतिक परिस्थितिको लाभ उठाउँदै यो अवधिमा विभिन्न आपराधिक समूहहरू सक्रिय हुने गरेको सरकारी अधिकारीहरूको भनाइ रहने गरेको छ ।

प्रहरीले पक्राउ परेकामध्ये अधिकांश आपराधिक गतिविधिमा संलग्न व्यक्ति र समूह रहेको जनाएको छ । उनीहरूविरूद्ध अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : ५७ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर