४० जना नेपाली युवा दुबईमा अलपत्र « Khabarhub

४० जना नेपाली युवा दुबईमा अलपत्र



दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत वैदेशिक रोजगारीका लागि करिब ६ महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ४० भन्दा बढी नेपाली अहिले दुबईको अलकुजमा अलपत्र परेका छन्।

शिवाकोटी म्यानपावर र राज ग्रुप अफ कम्पनीमार्फत दुबई पुगेका आफूहरूलाई सम्झौता अनुसारको काम र पारिश्रमिक नदिएपछि अलपत्र परेको झापाका कबिन रिजालले जानकारी दिए ।

‘हामीहरुले एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ३ लाख ५० हजारभन्दा बढी पैसा बुझाएर आयौँ तर यहाँ म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब पाएनौँ।’ उनले भने ।

विगत ३/४ महिनादेखि कामविहीन भएको कोठामै बस्न बाध्य भएको अर्का पीडित मोरङका प्रजल अधिकारीले बताए । नेपालबाट म्यानपावर कम्पनीले दुबईमा रहेको फेडेरल सेक्युरेटी सेर्विसेस कम्पनीमा सेक्युरेटी गार्डको काम र मासिक तलब (८ घण्टाको १२ सय प्लस ३०० सय दिराम) तोकेर पठाएको भएपनि भनेअनुसारको काम र तलब नभएको सुनाए । लामो समय कामविहीन भएर बसेका आफूहरूलाई खानाको लागि कम्पनीले ५० दिराम मात्र दिने गरेको पीडितहरूले बताएका छन्।

‘हामीले म्यानपावर कम्पनी सम्झौता गरेअनुसार काम र तलब पाएनौँ, ६ महिना कामविहीन भएर बसेको तलब दिनुपर्‍यो र म्यानपावरले उद्धार गर्नु पर्‍यो,’ कबिन रिजालले खबरहबसँग भने, ‘हामी यहाँ एक दुई जनाको सवाल होइन ४० भन्दा बढी छौँ।’

पठाउने म्यानपावर कम्पनीलाई पनि आफूहरु समस्यामा परेको जानकारी गराएको तर सिवाकोटी म्यानपावरका सञ्चालक मध्य एक भूपाल सिवाकोटीले आफूहरूको समस्या समाधान गर्न दुबई आएको र आज हुन्छ, भोलि हुन्छ भनेर ढाँट्ने गरेको उनीहरूले बताएका छन् ।

‘कम्पनीलाई दबाब भयो भने कहिलेकहीँ एक-दुई दिन काम दिन्छ त्यसको पनि हिसाब हुँदैन, कम्पनीले म्यानपावरलाई काम गर्दै छन् भन्न र देखाउनको लागि मात्र ड्युटी लगाउने गरेको छ,’ रिजालले थपे । उनीहरूले म्यानपावरले काठमाडौँमा एउटा सम्झौता र दुबई आएपछि अर्को सम्झौता पत्रमा फरक तलबमा हस्ताक्षर गराएको आरोप लगाए।

‘न कम्पनीले काम दिएको छ न पैसा, हामी नेपालबाट चर्को ब्याजमा ऋण काढेर आएका हौ, यहाँ कम्पनीले दिएको पैसाले खानै पुग्दैन ,’अर्का पीडित पवन राजबंशीले प्रश्न गरे, ‘नेपालमा परिवारलाई के पठाउने ?’

आफूहरु लामो समयदेखि कामविहीन बनाएर राखेको पैसा पाउनु पर्ने, आफूहरूलाई सकुशल उद्धार गर्नुपर्ने, पठाउने म्यानपावरलाई कारबाही गर्न र स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरूले यसै सञ्चार माध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, अबुधाबीस्थित नेपाली दूतावासलगायत सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

यसो भन्छ म्यानपावर

सिवाकोटी म्यानपावरका सञ्चालक मध्यका एक भिष्म शिवाकोटीले आफूहरुको म्यानपावरका सञ्चालक भूपाल सिवाकोटी पिडितहरुको समस्या समाधान गर्न अहिले दुबईमा रहेको बताए ।

‘खासै ठूलो समस्या होइन ४० जना भन्दा पनि ११-१२ जनाको समस्या आएको हो त्यो पनि चाँडै समस्या हल हुन्छ, भिष्मले खबरहबसँग भने, ‘कम्पनीको दुई तीन वटा प्रजेक्टमा समस्या आएर अलिक समस्या भएको हो ।’

म्यानपावरको सञ्चालक नै समस्या समाधानका लागि दुबई पुगिसकेकोले अब दुई तीन दिन भित्रमा सबै समस्या समाधान हुने सिवाकोटीले दाबी गरे । केही दिन धैर्य गर्न समेत उनले पीडितहरूलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ९ : ११ बजे

कञ्चनपुरका ७९ मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’

दोधारा चाँदनी- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित

निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनका

यस्तो छ झापा-५ को मतगणना स्थल (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा-५ को मतगणना स्थल दमकस्थित

मतदातालाई निर्वाचन आयोगको आह्वान- निर्धक्क भएर मतदानमा सहभागी भइदिनुस्

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री