फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै निर्देशक क्यामरुन « Khabarhub

फ्रेञ्चाइजी फिल्मबाट टाढिँदै निर्देशक क्यामरुन


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म निर्माता जेम्स तथा निर्देशक जेम्स क्यामरुन आफ्नो फिल्म ‘अवतारः द वे अफ द वाटर’ को रिलिजको पर्खाइमा छन् । उनले हालैमात्र आफू तेस्रो सिक्वेल पछि फ्रेञ्चाइजी फिल्मको निर्देशन नगर्ने खुलासा गरेका छन् । उनले आफू अन्य परियोजनाका लागि पेण्डोराको दुनियाँलाई पछाडि छोड्ने विचार गरिरहेको बताएका हुन् । उनले फ्रेञ्चाइजको बाँकी योजना अन्य निर्माताको हातमा छोड्ने जनाए ।

पहिलो ‘अवतार’ को सिक्वेल ‘अवतारः द वे अफ वाटर’ यसै वर्षको १६ डिसेम्बरमा रिलिज हुँदैछ । यसको तेस्रो सिक्वेल पनि ‘अवतारः द वे अफ वाटर’ सँगै खिचिएको थियो । जुन फिल्म सन् २०२४ मा रिलिज हुँदैछ ।

‘मसँग अन्य केही कुरा पनि छन्, जसलाई म विकसित गरिरहेको छु । जुन रोमाञ्चक छ’, उनले भनेका छन् । क्यामरुनले सन् २०१९ को ‘अलिटाः बेटल एञ्जल’ बाट सुरु हुने परियोजनाका लागि निर्देशनको कुर्सीबाट आफूलाई टाढा राखेका छन् । यद्यपि उनले कार्यकारी निर्माता तथा सह–लेखकका रुपमा उनको यात्रा भने कायमै हुनेछ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ३६ बजे

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग खेल्ने

काठमाडौं – नेपालका प्रमुख लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर

कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट