केकी र आँचल भन्दैछन् , ‘आगोबिना बिँडी जल्दैन’ (भिडियो)  « Khabarhub

केकी र आँचल भन्दैछन् , ‘आगोबिना बिँडी जल्दैन’ (भिडियो) 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केकी अधिकारी र आँचल शर्मा अभिनीत फिल्म ‘झिँगेदाउ’ को पहिलो गीत सार्वजनिक भएको छ । मुकून भुसाल र कुशल बिष्टको समेत मुख्य भूमिका रहेको फिल्मको मंगलबार औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आगोबिना बिँडी जल्दैन’ बोल समावेश गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् ।

भैँसेपाटीको सिकाली चौरमा खिचिएको गीतमा केकी र आँचलसँगै मुकून भुसाल र कुशल बिष्टको नृत्य देख्न सकिन्छ । गीतमा रामजी लामिछानेको कोरियाग्राफी रहेको छ । 

लोक शैलीको गीतमा प्रविण बेडवाल र शान्तिश्री परियारको स्वर रहेको छ । गीत रचना रहेको छ, मुक्ता उदासको । भिमनिधी तिवारीको कथामा आधारित रही बनेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजले कथान्तरण गरेको फिल्म भदौ १७ मा प्रदर्शन हुँदैछ । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ३५ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ