पाकिस्तानमा बाढी र पहिरोका कारण २५ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढी र पहिरोका कारण २५ जनाको मृत्यु


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा भिषण बाढी र पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले त्यहाँको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोबाट उनीहरुको निधन भएको बताएका छन् ।

बलुचिस्तान प्रान्तको प्रकोप व्यवस्थापन सम्बन्धी विभागका महानिर्देशकले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार केही दिन देखिको बर्षाले गर्दा २५ जनाको ज्यान गएको छ भने अरु केही नागरिक बेपत्ता पनि भएका छन् ।

साथै बाढीले यहाँको स्थानीय बस्तीका विजुली, पानीको धारा एवं यातायातका कतिपय संरचनाहरुमा नै क्षति पुर्‍याएको छ । बाढीले कम्तीमा पनि २०० घर भत्काएको छ भने २ हजार पशु चौपाया मरेका छन् । क्वेटा नगरमा बाढीले अझ बढी क्षति पुर्‍याएको छ ।

बलुचिस्तान प्रान्तीय सरकारले उद्धारका काममा खट्न सबैलाई आग्रह गरेको छ । त्यहाँको सरकारले ठूलो संख्यामा प्रहरी र उद्धारकर्मीहरुलाई खटाएको जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : २५ बजे

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर