अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा « Khabarhub

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

 बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो ।

 त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाएको विषयलाई लिएर पनि उनी विवादमा तानिएका थिए । यससँगै उनलाई राजीनामा दिन विपक्षी नेकपा एमाले तथा सत्तारुढ गठबन्धनकै केही नेताहरूले समेत आग्रह गर्दै आएका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ३७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको