५१ करोडभन्दा बढीको राइस कुकर आयात  « Khabarhub

५१ करोडभन्दा बढीको राइस कुकर आयात 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर नेपाल भित्रिएको हो ।  सो अवधिमा विश्वका १७ वटा देशबाट ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँको राइस कुकर नेपालले आयात गरेको छ । उक्त मूल्यमा नेपालमा ३ लाख ८० हजार ७७२ थान राइस कुकर भित्रिएका छन् । 

पछिल्लो एघार महिनामा नेपालले बहराइन, ब्रुनाई, क्यानडा, चीन, हङकङ, भारत, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंङ्गापुर, थाइल्याण्ड, युनाइटेड अरब  इमिरेट्स र भियतनामबाट राइस कुकर आयात गरेको छ । 

नेपालमा सबैभन्दा बढी राइस कुकर चीन, भारत र दक्षिण कोरियाबाट आउने गरेको छ । उक्त अवधिमा चीनबाट ४६ करोड २६ लाख ६८ हजार रुपैयाँ, भारतबाट २ करोड ६५ लाख ४९ हजार रुपैयाँ र कोरियाबाट १ करोड ३५ लाख ४२ हजार रुपैयाँको राइस कुकर आएको छ । 

अघिल्लो आर्थिक २०७७/७८ मा १८ देशबाट नेपालमा ४४ करोड ९१ लाख २६ हजार रुपैयाँको राइस कुकर भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ०२ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना