भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुल्यो « Khabarhub

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुल्यो


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि मंगलबार साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो ।   

पुल मर्मतपछि नाकामा आवातजावतसमेत सञ्चालनमा आएको छ । यसअघि पुलको लक भाँचिएको सूचना प्राप्त भएपछि दुवै देशका सुरक्षा निकायले मंगलबार दिउँसो पुलको अवलोकन तथा निरीक्षण गरेपश्चात् मर्मत गर्ने सहमति भएको थियो । 

पुल जीर्ण भएको कारण पुल मर्मत नगरी सञ्चालनमा ल्याउँदा थप जोखिम सिर्जना हुनसक्ने विषयलाई मध्यनजर गर्दै पुलबाट हुने सबै आवागमन रोकेर मर्मत गरिएको हो । वर्षौँ पुरानो झोलुङ्गे पुल बेलाबेला मर्मत गरिँदै आएको छ । तत्कालको लागि काम दिने गरी मर्मत भएको पुलमा जोखिम भने कायमै छ । ब्रिटिसको पालामा बनेको पुल १८३० बाट सञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला काम चलाउको लागि मर्मत गरे पनि पूर्णरुपमा मर्मत हुन सकेको छैन । 

झुलाघाटको महाकाली नदीमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म मोटरेबल पुलको काम अघि बढ्न सकेको छैन । उक्त नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए तर उक्त मागको कुनै सुनुवाइ भएको छैन । 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ५८ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा