एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल « Khabarhub

एमालेलाई कसैले पनि कमजोर बनाउन सक्दैन : महासचिव पोखरेल


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोदावरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधबार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुनावले एमाले कमजोर नभएको बताएका हुन् । अहिले पनि कम्युनिष्टको अनुहार एमालेभित्र मात्रै रहेको भन्दै उनले कम्युनिष्ट पार्टी मिलाउने सक्ने क्षमता एमालेसँग मात्रै रहेको बताए ।

 कांग्रेसको सरकार छोडेर आए र विगतका कमजोरीमा गल्ती भएको महसुस गरे मात्र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सित चुनावी एकता हुनसक्ने उनको भनाइ थियो । एमाले कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘पदका लागि भन्दा पार्टीलाई जिताउन लाग्नुपर्छ, सरकारका गलत कामको विरोध गरेर भण्डाफोर गर्दा एमालेले जित्छ, जनता एमालेसँग रिसाएका छैनन् ।’

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : ०९ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा