‘२२ अर्ब तिर्न बाँकी रहेकाले मूल्य घटाउन सकिदैँन’ | Khabarhub Khabarhub

‘२२ अर्ब तिर्न बाँकी रहेकाले मूल्य घटाउन सकिदैँन’

१५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा !


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतले दुई दुई पटक पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले भने मूल्य घटाउन आलटाल गरिरहेको छ। उसले मूल्य घटाउन नसक्ने दाबी गर्दै आएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने दाबी गरेको छ। निगमलाई इन्धन मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नु पर्ने अवस्था आएको निगमको दाबी छ। निमगले मूल्य नघटाउँदा विद्यार्थी संगठनलगायतले विरोध चर्काएका छन्। तर, निगम मूल्य घटाउन तत्काल तयार छैन। निगमले मूल्य घटाउन गरेको आलटाल र चर्किदो विरोध तथा घाटाको विषयमा नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायसँग हबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

भारतबाट मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य किन घटाउन सकेको छैन ?
विगतमा हामी स्वचालित मूल्य प्रणालीमा जान सकेनौं। पेट्रोलियम पदार्थको मूल्य बढेर जाने क्रमको पछिल्लो संस्करणका रुपमा रुस र युकेनको युद्ध कारक बनेर आएको छ। । जसको कारणले अन्तर्राष्ट्रिय बजारलाई नराम्रोसँग प्रभाव परेको छ। युद्धको चपेटामा हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुक पनि परेको छ। हामीले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा वा घट्दा त्यसमा कुनै प्रकारको हस्तक्षेप गर्न सक्ने अवस्था छैन। अन्तर्राष्ट्रिय बजारमा हाम्रो कुनै किसिमको पहुँच छैन।

हामीले त्यहाँबाट लिएर आएको कुरालाई खाली उपभोग गर्ने मात्रै हो। हामीले तत्कालीन अवस्थामा स्वचालित मूल्य प्रणालीमा जान्थ्यो भने त्यतिबेला त्यति नै बढी सकेको हुन्थ्यो। तर, नेपाल आयल निगमले त्यो गरेन नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त संस्था भएको नाताले आम सर्वसाधारणलाई एकैचोटी त्यसको कारणले गर्दा भार बढ्छ। आम सर्वसाधारणको जीवन असहज हुन्छ भनेर त्यति बेला बोकेन त्यो ऋण हामीले बोक्दा हामीमाथि ऋण थपिदै थपिदै गयो। हामीमाथि बक्यौता बढ्दै गयो र त्यो बक्यौता चाहिँ आजको मितिसम्म पनि हामीले तिर्न सकेको अवस्था छैन। आजको दिनमा आउदा करिब २२ अर्ब रुपैयाँ त अझै इन्डियन आयल कर्पोरेसनलाई तिर्नै बाँकी छ। यो तिर्न बाँकी भएको कारण पछिल्लो दुई पटक मूल्य घटेर आउँदा हामीले यसलाई समायोजन गर्न सकेनौं।

सरकारबाट अनुदान लिएको रकमले नेपाल आयल निगमका कर्मचारीलाई भत्ता खान पुग्ने।तर, मूल्य समायोजन नगरेर जनताको ढाड सेक्न खोजेको आरोप तपाईंहरुमाथि छ। के भन्नुहुन्छ ?

हाम्रो संस्था भनेको चाहिँ नेपाल सरकारको सार्वजनिक संस्था मध्येको एउटा यस्तो संस्था हो। नेपालको संवैधानिक संस्था महालेखा परीक्षक कार्यालयबाट नियुक्त भएको लेखा परीक्षकबाट लेखा परिक्षण गर्नुहुन्छ। त्यहाँबाट हाम्रो रिपोर्ट सार्वजनिक गर्नुहुन्छ। त्यसमा तपाईहरुले हेर्न सक्नुहुन्छ, निगमका कर्मचारीले कति सुविधा खाए ? कति बोनस खाए ? के गरे भन्ने कुरा त्यहाबाट पनि थाहा हुन्छ।

यस विषयमा प्रष्ट हुन खोजेको कुरा भारतमा अनुदानले गर्दा मूल्य बढ्दा बढ्छ, मूल्य घट्दा घट्छ। तर, नेपाल भने अन्तर्राष्ट्रिय रुपमा मूल्य घट्दा पनि पेट्रोलियम पदार्थको मूल्य घट्न सक्दैन किन ?

यो एकदम प्रष्ट हुनुस, हामीले पछिल्लो समय मूल्य समायोजन गर्न सकेको थिएनौं। पछिल्लो समय मूल्य समायोजन नहुने र भारतमा दैनिक ८० पैसा ७५ पैसा ७० पैसा बढ्दै बढ्दै बढ्दै गएको कारणले गर्दा मूल्य महंगो परेको थियो। हाम्रोमा चाहिँ केही सस्तो थियो। तर, भारतले पछिल्लो समय के गर्यो भन्ने एउटा ठाउँमा पुगिसकेपछि उनीहरुले अहिले पनि प्रतिलिटर पेट्रोलमा करिब १५ वा १६ रुपैयाँ आइसी र डिजेल चाहिँ करिब २४ रुपैयाँ जति आइसी मूल्य बढ्न नदिइ रोकेर राखेको अवस्था छ।

हामीले पछिल्लो समय चाहिँ आयल निगमको घाटा एकदमै बढेर गएको अवस्थामा जुन २० वा २१ रुपैयाँ वृद्धि गरेका थियौं। त्यसलाई फिर्ता लिएपछि केही मूल्य समायोजन गर्दै गइसकेको अवस्थामा के हुन आयो भन्दा उता र यतातिर खासै फरक नहुने जस्तो अवस्था आयो। यसले हाम्रो यतातिर अलिकति केही महंगो जस्तो भयो। उतातिर चाहिँ केही घटेर गएको अवस्था भयो। जसको कारणले गर्दा अहिले मूल्यान्तर देखियो।

अब कहिलेसम्म नेपालमा पेट्रोलियम पदार्थको मूल्य यसैगरी बढिरहन्छ ?
एउटा स्मरण हेरौँ, २०७० साल फागुन ११ गते नेपाल आयल निगमले एक लिटर पेट्रोलको मूल्य १४० रुपैयाँ कायम गरेको थियो। तत्कालीन अवस्था पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निकै नै बढेको थियो। जसको कारणले गर्दा यस्तो अवस्था पुगेको थियो। तर, त्यस प्रश्चात २०७२ सालको अन्त्य र २०७३ सालको सुरुवात दिनमा एक लिटर पेट्रोलको मूल्य ९६ वा ९७ रुपैयाँसम्म कायम हुन पुग्यो। अर्थात् ४३ वा ४४ रुपैयाँ डेढ दुई वर्षको अवधिमा घट्यो। यो भनेको पेट्रोलियम पदार्थको मूल्य सधैं यसरी एकनास रुपमा एक ठाउँमा गएर स्थिर हुँदैन। यो अन्तर्राष्ट्रिय बजारमा यसको उपभोग कति हुन्छ ? अन्तर्राष्ट्रिय रूपमा भएका युद्ध समाप्त भएपछि र अन्तर्राष्ट्रिय बजारमा यसको खपत केही घट्न थालिसकेपछि डिमान्ड र सप्लाई केही अलिकति फरक पर्न जान्छ। त्यसले मूल्य घट्न थाल्छ। यसरी घट्नेक्रम जारी रह्यो भने त्यसबाट नेपाली उपभोक्ताले लाभ लिनु हुन्छ।

अन्त्यमा, दुईपटक इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आउँदा पनि तपाईहरुले मूल्य घटाउनु भएन, अब कति पटक घटेर आएपछि मूल्य घट्छ ?
यो पटक इन्डियन आयल कर्पोरेसनकै मूल्यसूची पठाएअनुसार हाम्रो मासिक घाटा करिब करिब अझै एक अर्ब २७ करोड भन्दा बढी छ। त्यो भएको कारणले हामीले इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता पनि २२ अर्ब रुपैयाँ नेपाली बाँकी नै छ। त्यसको अलावा अगस्ट महिनाको पनि हामीले तिर्नुपर्ने रकम बाँकी भएको हुँदा यो पटक हामीले समायोजन गर्न सकेनौ। अब अझै राम्रोसँग सुधार भएर आयो भने नेपालमा मूल्य घटाउने कुराआयल निगमले सोच्नेछ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०