चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताएका छन्।
तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताए । उनले भने, ‘भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।’
आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको पनि उनले बताए। ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।’ देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई थियो ।













प्रतिक्रिया