दिउसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. सत्ता गठबन्धनले मनोमानी गरिरहेको नेम्वाङको आरोप

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य मान्यता अनुरूप चल्न नसकेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा गरको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले प्रतिपक्ष दल एमाले जिम्मेवारी पूर्वक प्रतिपक्ष भूमिका रहे पनि सत्ता पक्षले संसदीय मूल्य मान्यतालाई कुल्चिँदै अराजक बन्दै गइरहेको आरोप लगाएका हुन् ।

२. पर्यटनमन्त्री श्रेष्ठद्धारा पशुपति क्षेत्र अवलोकन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रलाई सफा र सुन्दर बनाउन कुनै कसर राख्न निर्देशन दिएका छन । आज बिहान पशुपति मन्दिर क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले सरसफाइमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् ।

उनले भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रबन्ध मिलाउन पनि निर्देशन दिएका  छन् ।

३. प्रधान सेनापति स्वदेश फिर्ता

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । अस्ट्रेलियाको सिड्नीमा भएको रक्षा प्रमुखहरूको वार्षिक सम्मेलनमा सहभागी भएर शर्मा आज स्वदेश फर्किएका हुन् ।

उक्त सम्मेलनमा सहभागी हुन शर्मा गत शनिबार अस्ट्रेलिया गएका थिए । सम्मेलनमा एसिया प्रशान्त राष्ट्रका सेना प्रमुखहरूले वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा र सहयोगका बारेमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

४.बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारणसिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि काठमाडौँसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई स्काभेटर बाढीमा डुबेका छन् ।  

५. सीपमुलक तालिमसँगै उपकरण पाएपछि व्यवसायी खुशी

घरेलु तथा साना उद्योग कार्यालयबाट सीपमुलक तालिमसँगै उपकरण पाएपछि तेह्रथुमका उद्योगी व्यवसायी खुशी भएका छन् । उद्योग सञ्चालन गर्न ऋण लिएर लगानी गर्दै आएका व्यवसायी उद्योग कार्यालयको सहयोग पाएपछि खुशी भएका हुन् ।

महिलाहरू भने कृषि, पशुपालन, ढाका, सिलाई–कटाई र दुग्ध उत्पादन कृषि औजार निर्माण लगायतका व्यवसाय गर्दै आएका छन् ।

६. नेपालगञ्जमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन हुने

सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ ।

सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० घरमा जोखिमका कारण घरको भौतिक अवस्थाले निम्त्याउने सङ्कटका विषयमा सर्वेक्षण गरिने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्राविधिक अधिकृत शिव सुवेदीले जानकारी दिए ।

७. काभ्रेमा स्वाइन फिवरको सङ्क्रमणले दुई करोड बढीको क्षति

काभ्रेको पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो ।

उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५ स्थित टिम भिजन एग्रिकल्चर प्रालि र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्‍याएको हो ।

शाखाप्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको रु दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

८. पुटिन र टर्की समकक्षी तैयपबीच भेटवार्ता

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र  टर्कीका समकक्षी  रेसेप तैयप एर्दोगानबीच  भेटवार्ता  भएको छ ।  रुसको सोची शहरमा भएको भेटवार्तामा राष्ट्रपति पुटिन  समकक्षी एर्दोगानबीच भएको भेटवार्तामा दुई देशको आर्थिक सामाजिक विकासमा सहयोग गर्ने विषय सहमत जुटेको छ । यस्तै दुई देशको व्यापार, कृषि, यातायात औद्योगिक क्षेत्र,  लगायतका विषयमा पनि सहमति भएको छ ।

त्यस्तै रुसी ग्यास निर्यात गर्ने क्रममा रुसी मुद्रामा कारोबार गर्ने विषयमा पनि सहमति जुटेको  रुसका उपप्रधानमन्त्री एलेक्जेण्डर नोवाकले बताए ।

९. राष्ट्रिय खेलकुद प्रतियोगिता नरोकिने

निर्वाचन आयोगले असोज २८ देखि गण्डकी प्रदेशमा तय भैसकेको नवौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि अवरोध नगर्ने जनाएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज सहितको टोलीसँग प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस अघि नै तय भैसकेको प्रतियोगिताका लागि सकारात्मक सहयोग रहने बताएका हुन् ।

नवौँ राष्ट्रिय खेलकुदको तयारी र समग्र पक्षबारे मूल आयोजक समितिका पदाधिकारीले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर सहयोगका लागि आग्रह गरेका हुन् । 

१०. धन लक्ष्मी महर्जनस्क्वास प्रतियोगिताको उपाधि अरहान्त र कृष्णालाई 

चौथों संस्करणको धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जितेको छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा  भएको भएको फाइनलमा अरहान्तले अमृत थापा मगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै प्रतियोगिताको उपाधि हात पारेका हुन् ।  पुरुष ओपनमा अरहान्तले अमृतलाई ३–० को सेटमा हराए ।

उनले अमृतमाथि ११–४, ११–७११–६ को स्कोरमा जित निकाले । उनले उपाधि सहित २५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएका अमृतले १५ हजारमा चित्त बुझाए । महिला ओपनमा कृष्णाले विपनालाई ३–० को सेटमा हराइन् । उपाधि सहित कृष्णाले १८ हजार र दोस्रो बनेकी विपनाले ११ हजार रुपैयाँ प्राप्त गरिन् ।  

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १ : ४५ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली